बिक्रम पाण्डे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा आजसम्म ३ हजार ९० जना क्वारेन्टाईनमा रहेका छन् । भारत तथा छिमेकी जिल्लाबाट आएका ३ हजार ९० जना क्यारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । गएको २४ घन्टामा १ सय ४२ जना क्वारेन्टाईनबाट डिस्चार्ज भएका छन् ।
यस्तै आज दिउँसो ३ बजेसम्ममा ६ जना जिल्ला भित्रिएका छन् । भारतमा रोजगारी गर्दै आएका अर्घाखाँचीवासी, रोजगारी गुम्दै गएपछी जिल्ला फर्कने क्रम बढीरहेको छ । आज सन्धिखर्क नगरपालिकामा १ रछत्रदेवमा ५ जना थपिएका हुन् ।
सन्धिखर्क नगरपालिकामा ५ सय ३, शितगंगा नगरपालिकामा ५ सय ५०, भुमिकास्थान नगरपालिकामा ९ सय ४१, पाणिनी गाउँपालिकामा ३ सय ७२, छत्रदेव गाउँपालिकामा ४ सय ७ र मालारानी गाउँपालिकामा ३ सय १८ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्छिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ११ शितगंगा नगरपालिकाबाट ८७ जना, भुमिकास्थान नगरपालिकाबाट ७ जना, त्यस्तै मालारानी गाउँपालिकाबाट ११ जना र पाणिनी गाउँपालिकाबाट २६ जना डिस्चार्ज भएका छन् । पछिल्लो तथ्यांक अनुसार छत्रदेव गाउँपालिकाबाट कुनै पनि ब्याक्ति डिस्चार्ज नभएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो ।
अर्घाखाँचीका ६ स्थानिय तहका दुईसय ४१ क्वारेन्टाईन स्थलमा पाँच हजार ४३ बेड तयार रहेका छन् ।
३८ जना संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिक सेल्फ आईसोलेशनमा हुनुहुन्छ भने अन्य ३५ जनाको हटारिनेटा आईसोलेशनमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।
अर्घाखाँचीमा संक्रमित संख्या ३८ मध्ये मृतकको संख्या २ पुगेको छ ।