सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित भएको खुशियालीमा दिप प्रज्वलन गरिएको छ ।
नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पुर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको हो ।
सन्धिखर्कका स्थानीय वासिन्दाहरु आफै शान्ती बगैचामा सामाजिक दुरी कायम गर्दै जम्मा भएर कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटिएको नक्शा बनाएर दिप प्रजवलन गरेका हुन् । नेपाल विद्यार्थी संघको आयोजना भएपनी कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, साझा पार्टी लगायतका दल तथा नागरिक समाजको पनी सहभागिता रहेको थियो ।
राष्ट्रियताका सवालमा अर्घाखाँचीका सबै दल, संघसंस्था, सार्वजनिक निकाय एकै ठाउँ भएको नेकपा नेता प्रेम नारायण गैरेले बताए । ‘यो ऐतिहासिक क्षण हो, राष्ट्रियताका सवालमा अर्घाखाँचीका सबै पक्ष एकै ठाउँ छन्,उनले भने,‘अन्य विकास निर्माणका काममा पनी एक ढिक्का भएर अँगाढी बढ्नु पर्छ ।’
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी कृष्ण खनालले सरकारका अनैकौं नराम्रा पक्ष भएपनी राष्ट्र र राष्ट्रियता पक्षमा प्रतिपक्ष भन्दापनी राष्ट्रप्रेमीको रुपमा उभिएको बताए ।