अर्घाखाँचीमा आजसम्म २,८९३ जना क्वारेन्टाईनमा, २४ घन्टामा १५७ जना घर फर्के

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा आजसम्म २८ सय  ९३ जना क्वारेन्टाईनमा रहेका छन् । भारत तथा छिमेकी जिल्लाबाट आएका २८ सय  ९३  जना क्यारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गएको २४ घन्टामा १ सय ५७ जना क्वारेन्टाईनबाट डिस्चार्ज भएका छन् ।
यस्तै आज दिउँसो ३ बजेसम्ममा कही पनि जिल्ला भित्रिएका छैनन् ।  
सन्धिखर्क नगरपालिकामा ५ सय २ शितगंगा नगरपालिकामा ५ सय ५०, भुमिकास्थान नगरपालिकामा ७ सय ४४ पाणिनी गाउँपालिकामा ३ सय १८ छत्रदेव गाउँपालिकामा ३ सय ७२ र मालारानी गाउँपालिकामा ४  सय ७ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
अर्घाखाँचीका ६ स्थानिय तहका दुईसय ४१ क्वारेन्टाईन स्थलमा पाँच हजार ४३ बेड तयार रहेका छन् ।
३६ जना संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिक सेल्फ आईसोलेशनमा हुनुहुन्छ भने अन्य ३५ जनाको हटारिनेटा आईसोलेशनमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।
अर्घाखाँचीमा संक्रमित संख्या ३८ मध्ये मृतकको संख्या २ पुगेको छ । 

अन्य समाचारहरु