सरकार विरुद्ध युवाहरुद्धारा अर्घाखाँचीमा प्रदर्शन (भिडियो, फोटो)
जेष्ठ ३२ गते, २०७७ मा प्रकाशित
विक्रम पाण्डे
सन्धिखर्क, अर्घाखाँची जेष्ठ ३२ । कोरोना नियन्त्रण गर्न सरकारले चालेका पछिल्ला कदम प्रती असन्तुष्ट जनाउदै अर्घाखाँचीका युवाहरुले एक घण्टा धर्ना दिएका छन् ।
कोरोना भाइरस(कोभिड–१९) को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगाएतका माग राख्दै धर्नामा बसेका हुन् ।
समाजिक संजालबाट युवाहरु एकिकृत भई गरीएको धर्ना कार्यक्रम एक घण्टा सम्म चलेको थियो । धर्ना कार्यक्रमा प्रहरीले पनि साथ दिएको थियो । युवाहरुले राष्ट्रिय गान वजाउदा प्रहरीले समेत साथ दिएको थियो ।
कोरोना परीक्षणको आरडिटि विधि विश्वसनीय नभएकाले शतप्रतिशत पिसिआर विधिबाट कोरोनाको परीक्षण गर्न, जातीय विभेद अन्त्य गर्न, गुणस्तरीय क्वारेन्टाइनको ब्यवस्था गर्नुपर्ने , सरकारको सरोकार कापेटएमसीसी खारेज गर्नुपर्ने लगाएतका विभिन्न प्लेकार्ड सहित उनीहरुले धर्ना दिएका हुन् ।
धर्ना कार्यक्रमको नेतृत्व कस्ले गरेको हो भन्ने कुनै आधिकारीक जानकारी नभएपनि सामाजिक संजालद्धारा युवाहरु एकिकृत भई सडकमा आएको बुझिएको छ ।