अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । सार्वजनिक बजेट अनुसार अर्घाखाँची जिल्लाका स्वास्थ्य, सडक, खानेपानी, कृषि लगायतका क्षेत्रमा याेजनाहरु समावेस गरिएको छ ।
प्रदेश ५ सरकारले सार्वजनिक गरेको बजेटमा सबैभन्दा बढी सडकमा विनियोजन गरेको छ । त्यस्तै अर्घाखाँची जिल्ला अस्पताललाई ५० सैयामा स्तर उन्नती गर्ने रहेको छ । शिक्षा क्षेत्रमा कुनै बजेट विनियोजन गरिएको छैन् ।
आज प्रदेश- ५ काे बजेट मुख्यमन्त्री तथा आर्थिक मामिला तथा याेजना मन्त्री माननिय शंकर पाेखरेलले सार्वजनिक गर्नु भएको बजेटमा अर्घाखाँचीकाे दिर्घकालिन बिकासका लागी निम्न याेजनाहरु समावेस गरिएका छन् :
१) अर्घाखाँची जिल्ला अस्पताललाइ ५० सैयामा स्तर उन्नती गर्ने।
२) कृषिमा अर्घाखाँचीलाइ बाख्रा र कफि खेतिकाे श्राेत जिल्ला छनाेट गरिएकाे।
३) चाक्ला- सन्धिखर्क- भगवती, ढुङ्ग्रेखाेला- सन्धिखर्क- मेयालपानि राेड करिडाेर विशेष कृषि कार्यक्रम।
४) सडक क्षत्रमा:
क) सन्धिखर्क- धारापानि- चुजाठाँटि सडक कालेा पत्रे( बहुबर्षिय आयाेजना)
ख) गच्छे- ढिकुरा- धनचाैर– जलके- लामाताल- बडिदमार- शान्तिपुर- हासिपुर- रामपुर सडक कालाे पत्रे( बहुबर्षिय आयाेजना)
ग) पटाैटि- दुर्गाफाँट- कुखुरेदेउराली- खर्ज्याङ्ग- सिमिचाैर- तम्घास सडक कालाे पत्रे( बहुबर्षिय आयाेजना)
घ) स्थानिय तह जाेड्ने पाणिनि,मालारानि,नुवाकाेट र छत्रदेब सडक कालाे पत्रे( बहुबर्षिय आयाेजना)
ङ) कृषि सडक।
च) पाणिनि तपाेभुमि पर्यटकिय पहुच मार्ग कालाे पत्रे।
छ) सन्धिखर्क- तम्घास समपुरक कार्यक्रम सडक कालाे पत्रे।
५) नरपानि हिलस्टेसन संभाब्यता अध्ययन।
६) धनचाैर माहुरि श्राेत केन्द्र स्थापना।
७) दुर्गाफाँट ग्रामिण शहर बिकास कार्यक्रम।