अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जना कोरोना जितेर सन्धिखर्कको हटारीनेटा आइसोलेशनबाट आज डिस्चार्ज हुँदै १९ र ४३ वर्षीय २ युवाहरु । तस्बिर: बिनोद खनाल, सहायक प्रमुख जिल्ला अधिकारी अर्घाखाँची
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनाले कोरोना जितेका छन् ।
संक्रमित १९ र ४३ वर्षीय दुईजना पुरुषहरुको बुधवार दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
उनिहरुको गत ज्येष्ठ १२ गते सोमवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा पीसीआर परीक्षण पाेजिटिभ देखिएकाे थियो ।
गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिंडेरै पाँचजना गृहजिल्ला आइपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर-८ को विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो । गत जेठ १० गते शनिबार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय र ४३ वर्षीय दुई पुरुषमा पीसीआर जाँच गर्दा गत जेठ १३ गते कोरोना पोजिटिभ देखिएको थियो ।
हटारी नेटा आईसाेलेशनमा रहेका उनिहरुको पुन: स्वाब परीक्षणको लागि पठाइएको थियो । बुधबार उनीहरु दुबैजनाको रिपोर्ट कोरोना नेगेटिभ आएको र उनीहरुलाई घर पठाउने तयारी भइरहेको छ । उनीहरु घरमा गएर सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाइने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर गौतमले बताए ।