अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा १ सय ४३ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
गत ज्येष्ठ २६ गते सोमबार सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक सहित ३१ जनामा संक्रमण पुष्टी भएपछि नगरपालिका भित्र काम गरेका र उप प्रमुखसँग सम्पर्कमा आएका १ सय ३० जनाको स्वाब परिक्षणका लागि पठाइएको थियो ।
सन्धिखर्क नगर उपप्रमुखकाे परिवार, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत १२० जनाकाे पिसिआर रिपोर्ट नेगेटिभ आएकाे छ । भने सन्धिखर्कमा अब ८० जनाकाे रिपोर्ट आउन बाँकी छ ।
स्वाव संकलन गरी परिक्षणको लागी पठाईपछि र पिसीआर रिपोर्ट नआउदासम्म नगरपालिकाका समपुर्ण कामकाज बन्द भएको थियो । यस्तै संक्रमित उपप्रमुख ठाकुर कुमार बिकको घरपरिवार सहित सबैको रिपोर्ट नेगेटिभ छ ।
भरतपुर प्रयोगशालाबाट अर्घाखाँचीका २०० जनाको पिसिआर गरिएकोमा सन्धिखर्क नगरपालिकामा १ सय ४३ जना सहित १९७ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । भने भुमिकास्थान नगरपालिकाका १८, २७ वर्षिय २ पुरुष र मालारानी गाउँपालिकाका १९ वर्षिय १ पुरुष गरि जम्मा ३ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको छ । योसँगै अर्घाखाँचीमा कोरोनाबाट संक्रमितको संख्या ६२ पुगेको छ । भने कोरोनाबाट मुत्यु हुनेको संख्या २ पुगेको छ ।
पालीका २ जना पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ
यस्तै जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनाले कोरोना जितेका छन् ।
संक्रमित १९ र ४३ वर्षीय दुईजना पुरुषहरुको बुधवार दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
उनिहरुको गत ज्येष्ठ १२ गते सोमवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा पीसीआर परीक्षण पाेजिटिभ देखिएकाे थियो ।
गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिंडेरै पाँचजना गृहजिल्ला आइपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर-८ को विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो । गत जेठ १० गते शनिबार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय र ४३ वर्षीय दुई पुरुषमा पीसीआर जाँच गर्दा गत जेठ १३ गते कोरोना पोजिटिभ देखिएको थियो ।
हटारी नेटा आईसाेलेशनमा रहेका उनिहरुको पुन: स्वाब परीक्षणको लागि पठाइएको थियो । बुधबार उनीहरु दुबैजनाको रिपोर्ट कोरोना नेगेटिभ आएको र उनीहरुलाई घरमा गएर सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाईएको छ ।
यस्तै आषाढ २ गते मंगलवार अर्घाखाँचीमा १५ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । शितगंगा नगरपालिकामा ७ जना, भुमिकास्थान नगरपालिकामा १ जना, छत्रदेव गाउँपालिकामा २ जना, मालारानी गाउँपालिकामा ३ जना, पाणिनी गाउँपालिकामा १ जना र ठेगाना नखुलेका १ जना ४३ बर्षिय पुरुष गरि थप १५ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।
जिल्लाको शितगंगा २ सरस्वती माबि सितापुर क्वारेन्टाइनमा बसेका १० महिनाका बालक सहित २०, ४०, ३०,२४, १८ बर्षका ६ जना पुरूष र ३३ बर्षिय १ जना महिला ,मालारानी गाँउपालीका ४ जालकाँडा आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका २२ र १४ बर्षिय २ जना पुरूष र वडा नम्बर ४ कै मुक्ति आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका ३१ बर्षिय १ जना पुरूष ,छत्रदेव गाँउपालीका ५ को जनजागृती आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका ३६ बर्षिय १ जना पुरूष र वडा नम्बर ७ को सरस्वती माबिको क्वारेन्टाइनमा बसेका ४० बर्षिय १ जना पुरूष, यस्तै भुमिकास्थान १ को बालशिक्षा आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका २४ बर्षिय १ जना पुरूष र पाणिनी ३ खिदिम फर्सुवाटाकुरा माबिको क्वारेन्टाइनमा बसेका ३३ बर्षिय १ जना पुरूष रहेका थिए ।
जिल्लाकाे सन्धिखर्क नगरपालीकामा २९ जना, शितगंगा नगरपालीकामा १० जना, भुमिकास्थान नगरपालीकामा ९ जना, मालारानी गाँउपालीकामा ५ जना,पाणिनी गाँउपालीकामा,५ जना, छत्रदेव गाँउपालीकामा ३ जना र ठेगाना नखुलेका ४३ बर्षिय १ जना पुरूषमा कोरोना पुष्टि भएसँगै जिल्लामा ५९ जना संक्रमित पुगेका हुन् । अर्घाखाँचीमा कोरोना सक्रमितबाट २ जनाको मृत्यु भएको छ ।
यसअघि हिजो सोमबार साँझ भूमिकास्थान नगरपालिका वार्ड नं.१ र २ ढाकाबाङ्ग क्वारेन्टाइनमा २ जना २४ र १५ बर्षीय पुरूष र पाणिनी गाउँपालिकाको अर्बोका आवासीय बिद्यालय क्वारेन्टाइनमा १ जना १७ बर्षीय महिला गरी ३ जनाको थप पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट संक्रमितको संख्या ४४ पुगेको छ । भने कोरोनाबाट मुत्यु हुनेको संख्या २ पुगेको छ ।
यस्तै सोमबार बिहान र बेलुका भरतपुर र भैरहवा प्रयोगशालाबाट ३ र ३ जना कोरोना पोजेटिभ आएको थियो ।
यस अघि आज सोमबार बिहान भूमिकास्थान नगरपालिका वार्ड नं. ६ खिल्जीको जनचेतना आधारभुत विधालय क्वारेन्टाइनमा २ जना र वार्ड नं ७ नुवाकोटको नुवाकोट माबि क्वारेन्टाइनमा बसेका १ जना गरी ३ जना २०, ३५, ३५ बर्षिय पुरूषको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।
खिल्जीको जनचेतना आधारभुत विधालय क्वारेन्टाइनमा २ जना र वार्ड नं ७ नुवाकोट क्वारेन्टाइनमा बसेका १ जना गरी ३ जना ब्यक्तिको सोमबार भरतपुर प्रयोगशालाबाट पिसिआर परिक्षण रिर्पोट पोजेटिभ आएको थियो ।
ति सबै ६ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।
ती संक्रमित भारतबाट जेठको पहिलो हप्ता नेपाल आएका थिए। स्थानीयतहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि आरडिटी जाँच गर्दा पोजेटिभ आएपछि उनिहरूको पीसीआर परिक्षणका लागी स्वाबको नमुना संकलन गरी भरतपुरको पशुपन्छी कार्यालयमा रहेको कोभिड १९ परीक्षण ल्याबमा पठाइएको थियो।
स्वाब पठाएको लामो समयपछि रिपोर्ट आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सोमबार बिहान भरतपुरबाट आएको पीसीआर रिपोर्टअनुसार ३ जनामा पोजेटिभ र अन्य ११८ जनामा नेगेटिभ देखिएको छ।
संक्रमित पुरूषलाई वडा नम्बर ९ मा रहेको शारदा माविमा आइसोलेसन निर्माण गरी राखिने जनाइएको छ। आइसोलेसन बनाउने काम बिहानबाट सुरू भएको नगर स्वास्थ्य प्रमुख पन्थीले बताए।
यसघि गत ज्येष्ठ ३० गते शुक्रवार शितगंगा नगरपालिकाको वार्ड नं. १ सुवर्णखालको महेन्द्र आधारभुत विधालय क्वारेन्टाइनमा बसेका १९ वर्षिय एक जनामा ब्यक्तिको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।
शितगंगा नगरपालिकाको वार्ड नं. १ सुवर्णखाल क्वारेन्टाइनमा बसेका १९ वर्षिय एक युवामा शुक्रबार प्रादेशिक प्रयोगशाला भैरहवा गरिएको परिक्षणमा पिसिआर रिर्पोट पोजेटिभ आएको हो ।
यस्तै जेठ २७ गते मंगलबार सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक सहित अर्घाखाँची जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ३१ जनामा काेराना पाेजिटिभ देखिएको थियो । काेराना पाेजिटिभ देखिएका सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा १ जना उपप्रमुख ठाकुर कुमार विक, वार्ड नम्बर ६ नरपानीको विध्या विनायक आधारभुत बिधालय र भृकुटी आधारभूत बिधालय क्वारेन्टाइनमा १२ जना, वार्ड नम्बर ७ खाँचीकोटकाे आदर्श माबि १० जना, चन्द्र प्रभा माबि क्वारेन्टाइन ५ जना गरी १५ जना = कुल २९ जना, शितगंगा नगरपालीकाको वडा नम्बर १० जनजागृती माबिको क्वारेन्टाइनमा बसेका १८ बर्षिय एक जना पुरूष र पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी शिबमदन माबिमा क्वारेन्टाइनमा बसेका २० बर्षिय पुरूषको कोरोना १ जना हुन् । जसमा २९ जना पुरुष २ जना महिला रहेका छन् ।
खाँचीकोटको आदर्शमाबी, चन्द्र प्रभा माबि, नरपानीको विध्या विनायक आधारभुत बिधालय नरपानी र भृकुटी आधारभूत बिधालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०,३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० वर्षीय पुरूष रहेका छन्।
यस्तै ज्येष्ठ २४ गते शनिवार छत्रदेव गाउँपालिकाको वार्ड नं. ५ छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएको थियो । यस्तै ज्येष्ठ २२ गते विहीवार शितगंगा नगरपालिकाको वार्ड नं. ४ ठाडा स्थित ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा र गत ज्येष्ठ १२ गते सोमवार पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो ।
सबै संक्रमितलाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ । संक्रमित सबैको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।
उता २९ जेठ बिहीवार मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।
मालारानी गाउँपालिका-४ खन ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालय क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परिक्षणका लागि पठाएको स्वाब हराएको पछि दोस्रो पटक स्वाब प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएकोमा आज बिहीवार पिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।
परिवारले परिचय दिए अनुसार खनका ५७ वर्षीय यमप्रसाद खनालको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको थियो । बुधबार बिहान उपचार गरेर फर्किने क्रममा उनको मृत्यु भएको थियो।
जेठ २३ गते स्वाब झिकेर प्रयोगशालामा पठाइएको स्वाबको नमुना हराएपपछि फेरि जेठ २४ गते बिहीबार बिहान परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो। परिक्षणकालागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई खनकै रातुका चौरमा शव राखिएको थियो । शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका थिए । स्वाब रिपोर्ट हराएपछि अन्तिम दाह सस्कारको काम रोकिएको थियो ।
भारतबाट आएका उनी १४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए। घाटीको शल्यक्रियासमेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो। सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि बुटबल रिफर गरिएको थियो। बुटवलमा सामान्य उपचारपछि ज्वरो आएको र र घरमा गएर आराम गराउन अस्पतालले सल्लाह दिएपछि घर फर्कंदै गरेका उनी गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार बिहान १० बजे निधन भएका थिए।
यस्तै यसअघि परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका कृष्ण बहादुर गैरे, वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।