अर्घाखाँचीमा आज थप ५२ जनाको पोजेटिभ, संक्रमित संख्या ११०, मुत्यु हुनेमा ३ जना पुग्यो

 अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लामा आज थप ५२ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको छ । यस्तै मंगलबार राति क्‍वारेन्टाइनमा आत्महत्या गरेका शितगंगा नगरपालिका-५ जुकेनाका ४५ वर्षीय पुरुषको पिसिआर रिर्पोट पनि पोजेटिभ आएको छ ।  
योसँगै अर्घाखाँचीमा कोरोनाबाट संक्रमितको संख्या ११० पुगेको छ । भने कोरोनाबाट मुत्यु हुनेको संख्या ३ पुगेको छ ।

अन्य समाचारहरु