अर्घाखाँचीका प्रेम खड्का जसले आठ पटक जिउदै चितुवा समाते, डिभिजन वन कार्यालयद्धारा सम्मान
आषाढ़ ३ गते, २०७७ मा प्रकाशित
हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा साहसीको अर्को नाम प्रेम खड्का हो जसले आठौं पटक जिउँदै चितुवा समाउन सफल भएका छन ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ४ वाग्लाको टुनिपोखरि छाप भन्ने स्थानमा बँदेल लाई थापेको पासोमा परेको पोथी चितुवा लाई समाउन सफल भएका हुन ।
खड्काले चितुवालाई जिउँदै नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका हुन्।
केहि समय पहिला अर्घाखाँचीमा चितुवाको आतंक धेरै थियो । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दाले चितुवा पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासनमा निवेदन समेत दिएका थिए । यति बेला पनि प्रेम खड्काले समातेर नगदसहित सम्मान प्राप्त गरेका थिए ।
करिब साढे ४ फिट लम्बाई र २ फिट उचाई भएको चितुवा डिभिजन वन कार्यालय अर्घाखाँचीमा जिउँदै चितुवालाई बुझाएको कार्यालय सहायक वन अधिकृत शिला पोखरेलले बताइन् । खड्कालाई कार्यालयले सम्मान समेत गरेको थियो ।