अर्घाखाँचीमा नेकपाका स्थानिय नेता प्रकाश ज्ञवालीलाई पुत्र शोक, जिल्ला अध्यक्ष आचार्यद्वारा दु:ख व्यक्त

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटी सदस्य तथा निर्बाचन क्षेत्र नम्बर १ का अध्यक्ष प्रकाश ज्ञवालीलाई पुत्र शोक परेको छ । 
स्थानिय नेता प्रकाश ज्ञवालीका  कान्छा छोरा प्रशान्त ज्ञवाली ब्रेन ह्याम्ब्रेज रोगको कारण बिगत लामो समयदेखि उपचारको क्रममा ह्याम्स अस्पताल काठमाडौमा २१ बर्षको उमेरमा निधन भएको हो । 
उता पार्टीका जिल्ला नेता ज्ञवालीलाई परेको पुत्रशोक प्रती नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले गहिरो दु:ख व्यक्त गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले आफ्नो पार्टीका नेता ज्ञवालीलाई परेको पुत्रशोकको दु:खद खबरले आफु अत्यन्तै दु:खी,मर्माहत र स्तव्त भएको वताउनु भएको छ । एक प्रेस वक्तव्य मार्फत उहाँले अकल्पनीय र पिंडादायी यस घट्नाले सिङ्गो पार्टी नै दु:खि एवं चिन्तित भएको बताउँदै दिवंगत प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।
अध्यक्ष आचार्यले दिवंगत प्रशान्तमा बिलक्षण प्रतिभा रहेको स्मरण गर्दै अगाडि भन्नुभएको छ “उहाँको कलिलो उमेरमा भएको निधनले जिल्ला र समग्र राष्ट्रलाई नै अपुरणिय क्षति भएको छ।”
चिदिका काठमाडौ सम्पर्क समाजद्धारा दु:ख व्यक्त
 ज्ञवालीलाई परेको पुत्रशोक प्रती चिदिका काठमाडौ सम्पर्क समाज अर्घाखाँचीले गहिरो दु:ख व्यक्त गरेको छ ।
चिदिका काठमाडौ सम्पर्क समाजका सचिब सुभाष ज्ञवालिले आफ्ना अभिभावक  ज्ञवालीलाई परेको पुत्रशोकको दु:खद खबरले आफु अत्यन्तै दु:खी,मर्माहत र स्तव्त भएको वताउनु भएको छ । एक  स्टाटस मार्फत उहाँले अकल्पनीय र पिंडादायी यस घट्नाले सिङ्गो सम्पर्क समाज नै दु:खि एवं चिन्तित भएको बताउँदै दिवंगत प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन ।
सचिब ज्ञवाली ले दिवंगत प्रशान्तमा बिलक्षण प्रतिभा रहेको स्मरण गर्दै अगाडि भनेका छन “उहाँको कलिलो उमेरमा भएको निधनले जिल्ला र समग्र राष्ट्रलाई नै अपुरणिय क्षति भएको छ।”
 

अन्य समाचारहरु