खाँचीखोलामा पहिरो जाँदा सन्धिखर्क-गोरिसिङ्गे सडक खण्ड अझै खुल्न सकेन्, आज सडक खुल्ने अवस्थ्य न्यून

अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । शुक्रबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खाँचीखोलामा पहिरो जाँदा अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरिसिङ्गे सडक खण्ड अझै खुल्न सकेको छैन् । 
सन्धिखर्क – गोरिसिङ्गे सडक खण्डको खाँचीखोला माथिको उकालोमा झरेको पहिरोले गर्दा आज आईतबार दिनभर पनि सडक खुल्न नसकेको हो । 
अहिले खाँचिखोला माथिको उकालोमा झरेको पहिरो  हटाउने प्रयास गरिएपनि आज सडक खुल्ने अवस्थ्य न्यून रहेको स्थानिय पत्रकार सचिन बोहोराले डट्कमलाई बताए । 
अविरल वर्षाका कारण सन्धिखर्क – गोरिसिङ्गे सडक खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक बन्द हुँदा सवारीसाधन आवतजावत गर्न पाएका छैनन् ।  
यस्तै शुक्रबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लामा ठुलो जनधनको क्षति भएको छ । 


अन्य समाचारहरु