अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा ४९, सन्धिखर्क नगरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जना गरि ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २३९ पुगेको छ । भने मृत्यु हुनेमा ३ जना रहेका छन् । र ५ जना निको भएर सन्धिखर्कको हटारीनेटा आइसोलेशनबाट घर फर्केका छन् ।
शुक्रबार मालारानी गाउँपालिकामा ४९ सन्धिखर्क नगरवरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जना गरि १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
सन्धिखर्क नगरपालिकामा ३९, शितगंगा नगरपालिकामा ३७, भूमिकास्थान नगरपालिकामा ७१, मालारानी गाउँपालिकामा ६७, छत्रदेव गाउँपालिकामा १६ र पाणिनी गाउँपालिकामा ९ गरि कुल २३९ पुगेको हो ।
शुक्रबार ६ जनाको कोरोना पोजेटिभ देखिएको थियो । पुष्टि हुनेमा पाणिनी गाउँपालिका-७ अडगुरीका २२ वर्षीया आमा, २४ वर्षका बाबु र एक महिनाकी छोरीमा कोरोना सङ्क्रमण भएको थिए ।
त्यस्तै, शीतगङ्गा नगरपालिका-१२ का वर्ष ३० र अर्का २१ वर्षका पुरुष तथा पाणिनी गाउँपालिका-१ का २२ वर्षका पुरुषमा कोराेना सङ्क्रमण भएको थिए ।