अर्घाखाँचीका निर्माण ब्यबसायी भुसालले सटर, घरमा बस्नेहरुलाई दुई महिनाको भाडा छुट गरे

सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निबासि युवा  निर्माण ब्यबसायी नेपाल हेवि ईक्कुमेन्ट व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष भुसाल आयल सेन्टरका संचालक सामाजिक अभियान्ता बसन्त भुसाल परिवारले आफ्नो घरहरुमा बस्ने सबै सटर कोठाको दुई महिनाको  घर भाडा छुट गर्ने निर्णय सार्वजनिक गर्नु भएको छ  । 
वुवा समाजसेवी भोजराज भुसालभाई समाजसेवी  युवा ब्यबसायी कृष्ण प्रसाद भुसाल र बसन्त भुसाल परिवारले दुई महिनाको भाडा छुट दिएका हुन् । 
काठमाडौ अर्घाखाँची रुपन्देही लगायतका बिभिन्न ठाउँमा रहेका घरमा बसेका सबैलाई २ महिनाको भाडा छुट गर्ने निर्णय पारिवारिक बैठकले गरेको थियोे । 
सहयोगी मनका धनि बसन्त भुसाल परिवारलाई घरमा बस्ने सबैले धन्यवाद दिएका छन् ।  सन्धिखर्क मिडियाचोकमा रेडियो देउराली रहेको भबन समेत  भुसाल परिवारको हो  । भुसाल परिवारले हरेक ठाउँमा सहयोग गर्दै सामाजिक काम गर्दै आएको परिवार हो ।

अन्य समाचारहरु