अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा २ जनाको कोरोना पोजेटिभ देखिएको छ ।
यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । भने मृत्यु हुनेमा ३ जना रहेका छन् । र ४८ जना निको भएर जिल्लाको विभिन्न आइसोलेशनबाट घर फर्केका छन् ।
सोमबार भूमिकास्थान नगरपालिकामा २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
सन्धिखर्क नगरपालिकामा ३९, शितगंगा नगरपालिकामा ४४, भूमिकास्थान नगरपालिकामा ७३, मालारानी गाउँपालिकामा ६७, छत्रदेव गाउँपालिकामा १८ र पाणिनी गाउँपालिकामा ९ गरि कुल २५० पुगेको हो ।
यस्तै निको हुनेको संख्या सन्धिखर्क नगरपालिकामा २९, शितगंगा नगरपालिकामा १५, भूमिकास्थान नगरपालिकामा ०, मालारानी गाउँपालिकामा ०, छत्रदेव गाउँपालिकामा १ र पाणिनी गाउँपालिकामा ३ गरि कुल ४८ पुगेको छ ।