अर्घाखाँचीका क्वारेन्टाईन खाली हुँदै, आजसम्म १,७६५ जना (पुरा विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा आजसम्म १७ सय  ६५ जना क्वारेन्टाईनमा रहेका छन् । भारत तथा छिमेकी जिल्लाबाट आएका १७ सय  ६५  जना क्यारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  गएको २४ घन्टामा ६४ जना क्वारेन्टाईनबाट डिस्चार्ज भएका छन् ।
यस्तै आज दिउँसो ३ बजेसम्ममा ३३ जना जिल्ला भित्रिएका छन् । जसमा शितगंगा नगरपालिकामा ८ जना, छत्रदेव गाउँपालिकामा २१, पाणिनी गाउँपालिकामा १ जना र मालारानी गाउँपालिकामा ३ जना थपिएका हुन् ।
सन्धिखर्क नगरपालिकामा १ सय ९४,  शितगंगा नगरपालिकामा ४ सय ६९, भुमिकास्थान नगरपालिकामा ४ सय २, पाणिनी गाउँपालिकामा १ सय ४, छत्रदेव गाउँपालिकामा २ सय ७९ र मालारानी गाउँपालिकामा ३  सय २७ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
अर्घाखाँचीका ६ स्थानिय तहका २ सय ४3 क्वारेन्टाईन स्थलमा ५ हजार १ सय ३ बेड रहेका छन् ।
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । भने मृत्‍यु हुनेमा ३ जना रहेका छन् । र ४८ जना निको भएर जिल्लाको विभिन्न  आइसोलेशनबाट घर फर्केका छन् ।

अन्य समाचारहरु