अर्घाखाँचीमा कांग्रेसको प्रेस युनियनले दलका पत्रकारलाई स्वास्थ्य सामाग्री बाढ्यो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले राजनीतिक दलका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री र ज्याकेट वितरण गरेको छ । 
सन्धिखर्कमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले अर्घाखाँचीका कांग्रेस, नेकपा लगायतका राजनीतिक दलका पत्रकारलाई माक्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री  र प्रेस युनियन ज्याकेट वितरण गरेको हो । अर्घाखाँचीमा जिल्ला वा राष्ट्रिय मिडियामा काम गर्ने शत प्रतिशत संचारकर्मी राजनीतिकमा सकृय छन् ।  
डट्कमलाई एक स्वतन्त्र पत्रकारले नाम उल्लेख नगर्ने गरी भने; प्रचारप्रसार र फोटो खिचाउनको लागि कांग्रेसको नेपाल प्रेस युनियन बाढेको हो । जिल्लामा सरकारी कार्यालयदेखि संघ-संस्थाले राजनीतिक दलका पत्रकारलाई मात्र निमन्त्रण गर्छन् ।
उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा अर्घाखाँचीडट्कमका प्रतिनिधिहरुलाई भने निमन्त्रण गरिएको थिएन् । जिल्लामा हुने कार्यक्रममा राजनीतिक दलका पत्रकारलाई मात्र निमन्त्रण गर्ने प्ररम्परा छ । तर जिल्लाको एकमात्र प्रमुख मिडिया डट्कमलाई निमन्त्रण गरेको देखिदैन । 
अर्घाखाँचीमा पछिल्लो समय राजनीतिक पत्रकार, व्यापारी, संघ- संस्थाले आफ्नो प्रचारप्रसारको लागि सहयोग सामाग्री वितरण गरेको देखिन्छ ।  
साथै स्वास्थ्य सामाग्री तथा ज्याकेट वितरण कार्यक्रममा नेपाल प्रेस युनियनले आफ्ना नेता कांग्रेस जिल्ला सभापति बिष्णु मुस्कानलाई प्रमुख अथितीको रुपमा बोलाएको थियो । 

अन्य समाचारहरु