शितगंगामा थप १ जना कोरोना पोजेटिभ, अर्घाखाँचीमा संक्रमित संख्या २५१, मुत्यु हुनेमा ३ जना, निको हुनेमा ४८ जना

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा १  जनाको कोरोना पोजेटिभ देखिएको छ ।
 यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २५१ पुगेको छ । भने मृत्‍यु हुनेमा ३ जना रहेका छन् । र ४८ जना निको भएर जिल्लाको विभिन्न  आइसोलेशनबाट घर फर्केका छन् ।
बुधवार  शितगंगा नगरपालिकामा १   जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
संक्रमितमा सन्धिखर्क नगरपालिकामा ३९, शितगंगा नगरपालिकामा ४५, भूमिकास्थान नगरपालिकामा ७३, मालारानी गाउँपालिकामा ६७, छत्रदेव गाउँपालिकामा १८ र पाणिनी गाउँपालिकामा ९ गरि कुल २५० पुगेको हो ।
यस्तै निको हुनेको संख्या सन्धिखर्क नगरपालिकामा २९, शितगंगा नगरपालिकामा १५, भूमिकास्थान नगरपालिकामा ०, मालारानी गाउँपालिकामा ०, छत्रदेव गाउँपालिकामा १ र पाणिनी गाउँपालिकामा ३ गरि कुल ४८ पुगेको छ । 

अन्य समाचारहरु