अर्घाखाँचीमा नागरिक समाज नेपालद्वारा एमसीसी बिरोधको प्रदर्शन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न नागरिक समाजले माग गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै नागरिक समाजले यसको बिरोध गर्दै आएका छन् ।
संसदबाटै एमसीसी खारेजको माग गर्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक समाज नेपालले शुक्रबार सन्धिखर्कमा बिरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजनाको बिरोधका लागि नागरिक समाजले आयोजना गरेको उक्त बिरोध कार्यक्रममा नागरिक समाज नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मनतब्य राख्दै नागरिक समाज नेपाल अर्घाखाँचीका अध्यक्ष नन्दलाल पोख्रेलले एमसीसी खारेज नभए देशको स्वाधिनतामाथि आंच आउने बताउनु भयो । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित भएको उहाँको भनाई छ । पोख्रेलले संसदबाटै एमसीसी परियोजना खारेज गर्नुपर्ने बताउंदै संसदबाट एमसीसी पास गराए सरकार समस्यामा पर्ने दावी गर्नुभयो । उहांले देशमा राजनीतिक परिवर्तन भएपनि सामाजिक र सांस्कृतिक परिवर्तन नहुंदा संविधानले निषेध गरेको जातीय छुवाछुत कायम रहेको बताउनु भयो । 
पोख्रेलले एमसीसी सम्झौताले राष्ट्रियता संकटमा पर्ने बताउंदै यसले असंलग्न परराष्ट्रनीति पनि खारेज गर्ने बताउनु भयो । यता कार्यक्रम सञ्चालन भैरहेको अन्तीम समयमा प्रहरीले माथीका आदेश भन्दै नागरीक समाजको कार्यक्रममा रोक लगाएको थियो ।

अन्य समाचारहरु