भुमिकास्थानमा २३, शितगंगामा ११, सन्धिखर्कमा ३ जनाको कोरोना पोजेटिभ, अर्घाखाँचीमा संक्रमित संख्या ३०३, मुत्यु हुनेमा ३ जना, निको हुनेमा ५० जना

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लामा एकैदिन  ३७ जनाकाे रिपाेर्ट पोजेटिभ देखिएको छ ।
भुमिकास्थान नगरपालिकामा २३ जना, शितगंगा नगरपालिकामा ११  र सन्धिखर्कमा ३ जना गरी ३७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै अर्घाखाँचीमा   कोरोना संक्रमितको संख्या ३०३  पुगेको थियो । भने मृत्‍यु हुनेमा ३ जना रहेका छन् । र ५० जना निको भएर जिल्लाको विभिन्न  आइसोलेशनबाट घर फर्केका छन् ।
सन्धिखर्क नगरपालिकामा ४२, शितगंगा नगरपालिकामा ५६, भूमिकास्थान नगरपालिकामा ९७, मालारानी गाउँपालिकामा ६७, छत्रदेव गाउँपालिकामा २७ र पाणिनी गाउँपालिकामा १४ गरि कुल ३०३ पुगेको हो ।
यस्तै निको हुनेको संख्या सन्धिखर्क नगरपालिकामा २९, शितगंगा नगरपालिकामा १५, भूमिकास्थान नगरपालिकामा ०, मालारानी गाउँपालिकामा ०, छत्रदेव गाउँपालिकामा १ र पाणिनी गाउँपालिकामा ५ गरि कुल ५० पुगेको छ ।
यसैविच अर्घाखाँचीमा आईतबारसम्म १ हजार ३३ जना क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १ हजार ३३ मा झरेको हो । गएको २४ घण्टामा बिभिन्न पालीकाको क्वरेन्टीबाट ९६ जना डिस्चार्ज भएका छन् । यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा ३३ जना बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् । 
अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वरेन्टीनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन । आईतबार सम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २१३ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु