सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका अधिकाम्स ठाउँमा रहेका साना-ठुला योजनाहरुको काम दुर्त गतिमा अगाडि बढिरहेको र अनुगमन निरिक्षण योजना सम्पन्न भएका कामहरुको भुक्तानीका लागि सिफारिस गरिएको साईट कार्यालय अर्घाखाँचीका ईन्चार्ज रामभरोस यादवले जानकारी दिनु भयो ।
जिल्लामा खानेपानीका कामहरु उपभोक्ता समिति मार्फत हुने गरेका छन् । गाउँमा स्थानिय स्तरमा गठन हुने उपभोक्ता समिति मार्फत काम हुने हुँदा काम निकै गुणस्तरीय हुने गरेको छ । कार्यालयका कर्मचारीहरु रातदिन खटेर काम गरिरहेका छन् । थोरै जनशक्तिबाट धेरै काम गर्नुपर्ने भएको कारण बिहान ७ बजे देखि बेलुका १० बजेसम्म आफुहरु काममा ब्यस्त हुने गरेको साईट कार्यालय अर्घाखाँचीका प्रमुख रामभरोस यादबको भनाइ छ ।
यादबले भन्नु भयो लकडाउनका बेला पनि हामीले सरकारसँग थप बजेट माग गरेर काम गराई रहेका छौ । उपभोक्ता समितिहरुले गुणस्तरीय काम गरिराख्नु भएको छ । दिउसोमा फिल्डमा पुग्छौं बिहान बेलुका अपिसेलि कागज पत्र प्रशासनिक काम गर्ने गर्छौ सबै कर्मचारी दिन रात नखटिएको भए यो सम्भब थिएन यादबको भनाइ छ ।
अर्घाखाँचीमा यादब र बिदान अर्याल गरि दुईजना ईन्जिनियर खटिएका छन भने अरु प्राबिधिक पनि दिनरात खटिएका छन् । निकै जनतामुखि काम गर्ने ईन्जिनियरहरु पाउदा काम गर्न आफुहरुलाई निकै सजिलो हुने गरेको छत्रदेवमा रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तारा श्रेष्ठको भनाइ छ ।
खानेपानीमा गुणस्तरीय काम गर्न सबै लाग्ने गर्छन डिभिजन खानेपानी तथा सरसफाई कार्यालय पाल्पाले अर्घाखाँची हेर्ने गर्छ जसको नेतृत्व सिबमान श्रेष्ठले गर्नु भएको छ ।