अर्घाखाँचीमा सलह किराले मकै खेती सखाप पार्न थाल्यो, किसान चिन्तित (भिडियो, फोटो)

अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । रुपन्देही र कपिलवस्तु हुँदै भित्रिएको सलह किराले अर्घाखाँची जिल्लामा मकै खेती सखाप पारेको छ ।
‘आइतबार अर्घाखाँचीमा भित्रिएको सलह किराले   सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका पाणिनी गाउँपालिकामा मकैमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको हो ।
लाखौंको संख्याका आइपुगेका सलह मकै बारीसँगैं कलिला पालुवा आएका रुख तथा घाँसमा समेत फैलिएको छ । स्थानीय आगोको धुवा, टिन, जस्तापाता तथा थाल ठटाएर मकैबारीमा हिँडीरहेका छन् । धपाएर पनि साध्य नलाग्ने भन्दै जिल्लाभरका किसान चिन्तित भएका छन् ।
सलहले भुमिकास्थान नगरपालिकाका धनचौर डेवा, ढिकुरा लगायतका स्थानमा बढी नस्ट गरेको छ ।
उता सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ ।
फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने कीराका रुपमा परिचित छ । यसले बिरुवाका पात, फलमात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्ने विज्ञको भनाइ छ ।

अन्य समाचारहरु