कतारमा निधन भएका अर्घाखाँचीका युवाको शब अझै अस्पतालमा, नेपाल पठाउन ढिला

स्व. हरि सुनुवार ।  फोटो यम सुनारबाट अनुमती लिएको ।
राज थापा
दोहा (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी वर्ष ३४ का हरि बहादुर सुनारको २५ जुन २०२० का दिन आफु बसेको घरको छातबाट लडेर मृत्यु भएको छ । आफु बस्ने कोठाभित्र नेटले खासै काम नगर्ने भएकोले धेरै मानिसहरु कामबाट निवास फर्के पश्चात छतमा गएर घर परिवार तथा साथीभाईसंग कुराकानी गर्ने गरेको जानकारहरु बताउछन ।
सोहि दिनपनि उनि बिगतका दिनहरुमा जस्तै छतमा गएको साथिहरुले बताए । सुनारको दुखद निधनले यतिबेला अर्घाखाँची सेवा समाज कतार परिवार मर्माहत भएको छ । प्रवासमा जिल्ला वासी दाजुभाई गुमाउदाको पीडाले सिङ्गो अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष टेकराज थापाले बताए ।
समाजले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरेको छ । समाजले दिएको जानकारी अनुसार घरको स्थिति सामान्य रहेकोले मिठो सपना बोकेर सुनार १८ महिना पहिले रोजगारिको सिलसिलामा कतार आइपुगेका थिए । कतारको एक प्रतिष्ठित कम्पनीमा कार्यरत थिए ।
मृतक सुनारको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । जानकारका अनुसार उनि अति मिलनसार र सहयोगी स्वाभका थिए। तर दैबको खेल उनलाई यो संसारमा अलबिदा भए । उनि कार्यरत कम्पनीले कानुनी प्रक्रिया अगाडी बढाएको र समाजले शवलाई छिटो भन्दा छिटो नेपाल पठाउन पहल गर्ने बताएको छ ।
कोभिड-१९ ले गर्दा यतिबेला पहिले जस्तो सहज नभएको र कागजी प्रक्रिया पूरागरी छिटो भन्दा छिटो शवलाई नेपाल पठाउन कम्पनीबाट पनि आवश्यक कार्य भैरहेको सोहि कम्पनीमा कार्यरत नेत्र प्रसाद आचार्यले बताएका छन् । सुनारको घरमा श्रीमति र एउटा ८ बर्षको र अर्को ३ वर्षका दुई छोरा छन् ।

अन्य समाचारहरु