अर्घाखाँचीमा पश्चिम रुकुम घटनाका दोषीलाई कार्वाही र पीडितलाई न्यायका लागि विरोध कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची असार १७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा गत जेष्ठ १० गते पश्चिम रुकुममा भएको दर्दनाक सामुहिक हत्याकाण्डको बिराेधमा संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीले बिराेध कार्यक्रम गरेकाे छ ।
सदरमुकाम सन्धिखर्कमा संयुक्त दलित अधिकारकर्मी संजालले गत जेष्ठ १० गते भएको पश्चिम रुकुम घटनाका दोषीलाई हदैसम्मको कार्वाही र पीडितलाई न्यायको माग गर्दै बिराेध कार्यक्रम गरेकाे हो ।
बिराेध कार्यक्रम चुत्राबेसी बजार हुँदै ब्यानर प्लेकार्ड बाेकेकाे जुलुस बजार परिक्रमा गरि सन्धिखर्क शान्ति बगैचामा पुगि सभामा परिणत भएकाे थियाे ।
संघर्ष समितिका संयाेजक बिष्णु परियारकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित अधिकारकर्मी ठाकुर साैराग, राधा नेपाली, दिनेश सुनार, राजेन्द्र नेपालीले मन्तव्य राख्दै देशमा जातीय छुवाछूतकाे अन्त्य हुन नसकेकाे, सरकारले कानूनकाे कार्यान्वायन गर्न नसकेकाे, बताउँदै घटनाका दाेषीलाई सरकारले कडा कारबाही र पिडितलाई क्षतीपूर्ती दिनु पर्ने बताउनु भयाे ।
सागर परियारकाे सन्चालनमा सम्पन्न कार्यक्रममा बाबुराम सुनार, दिपक सुनार, बिक्रम बराल, सन्चारकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

अन्य समाचारहरु