सागर महत
सन्धिखर्क, अर्घाखाँची । घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा बजार अनुगमन गरिएको हो । जसअन्तर्गत शान्ति बगैचा ,मिडिया चोक बैंक रोड्मा रहेका पसलमा अनुगमन गरिएको छ। जसमा फलफुल तथा तरकारी पसल , खाद्यान्न पसल , फेन्सी पसल, भाडा पसल लगायतका करिव एक सय पसलमा अनुगमन गरिएको हो।
अनुगमनको क्रममा केही पसल दर्ता नगरिएको पाइएको छ। भने ति पसललाई एक हप्ताको समयमा दर्ता गर्नको लागी समय अवधि दिएको अनुगमनमा खटिनु भएका घरेलु तथा साना उद्योग समिति अर्घाखाँचीका कार्यालय प्रमुख केशव सुनारले बताउनु भयो ।
अर्को तर्फ केही पसल १५लाख देखी २०लाख सम्म पुँजी भएका पसलले ५० हजार देखी एक लाख सम्म पुँजी देखाएकाले ति पसल लाई तत्कालको लागी पुँजी सुधारको लागि समय दिएको सोहि समय अवधी भरमा सुधार नगरेमा कानुन अनुसार कार्वाही गरिने कार्यालय प्रमुख सुनारले बताउनु भयो।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कृर्षी शाखा प्रमुख राजेन्द्र भट्टराई ,उद्योग बाणिज्य संघ अर्घाखाँचीको तर्फ बाट रुद्र प्रसाद श्रेष्ठ ,घरेलु उद्योगका अधिकृत लक्ष्मी प्रसाद दाहाल ,तथ्यांक शाखाका हुम बहादुर विक ,पत्रकार सागर महत लगायतको अनुगमनमा सहभागिता रहेको थियो।
