नेपाल नाइ संघले काठमाडौं उपत्यकामा अब कपाल काटेको नयाँ रेट तोकेको छ।
संघले लकडाउनले आफ्नो व्यवसाय मारमा परेको भन्दै कपाल काटेको नयाँ रेट कायम गरेको जिल्ला अध्यक्ष राजेश ठाकुरले जानकारी दिए। उनले भने, ‘अब कपाल काटेको १५० र दारी काटेको एकसय देखि २ सय रुपैयाँ तोकेका छौँ।’
उनका अनुसार लकडाउनपछि बजारमा कपालमा लगाउने सामग्रीको मूल्य बढेकाले कपाल, दाह्रीलगायतको मूल्यमा वृद्धि गर्नु परेको हो।
यस्तै उनले संघले जारी गरेको विज्ञप्ति अनुसार नै उपत्यकाभरि यही रेट लागू हुने समेत बताए। उनले भने, ‘असार १७ देखि नाइ संघले तोकेको रेटमा उपत्यकाका सैलुनमा यही रेट कायम हुन्छ। यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।’
नाइ संघको विज्ञप्ति अनुसार अब कपाल डिजाइनिङ कटिङ गरेको (नेटबाट)३५० देखि ५ सय, दाढी डिजाइनिङ गरेको २५० देखि ३ सय, टाउको मसाज गरेको २५०, सैम्पू गरेको १५०, फेस ब्लिच गरेको ७ सय देखि हजार, फेसियल गरेको हजारदेखि १२ सय, फेसवास गरेको ३५० देखि ५ सय ५०, कपाल कालो गरेको ३५० देखि ५५० सय तथा हेयर डेढ लक गरेको १२ देखि२५ हजारसम्म तोकेको छ। देशसन्चारमा समाचार छ ।