सैनामैना
अर्घाखाँचीडट्कम संवाददाता
सैनामैना, रुपन्देही (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीका २ जना रुपन्देही सैनामैना नगरपालिका वार्ड नम्बर ८ बाँसगढी मोटरसाइकल दुर्घट्नामा हुँदा घाइते भएका छन् ।
धारापानीका लु ३२ प ५०८० नम्बरको मोटरसाइकल चालक ४० वर्षिय शिव भक्र सारु र पछाडि बसेका धारापानीका ६९ वर्षका गुन बहादुर सारु सोमवार दिउसो २:३० बजे सैनामैनाको बाँसगढी विपरित दिसा आएको लु ६० प ७८९९ नम्बरको मोटरसाइकलसँग एक आपसमा ठोक्किएर दुर्घट्नामा हुँदा घाइते भएका हुन् ।
यस्तै दुर्घट्नामा सैनामैनाका लु ६० प ७८९९ नम्बरको मोटरसाइकल चालक १९ वर्षिय सुमन भट्टराई घाइते भएका छन् ।
उनिहरु सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । साथै दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा ल्याई अनुसन्धान भईरहेको बताएको छ ।