अर्घाखाँचीको नाममा संचालित बुलेटिन डट्कम नामक अवैध वेबसाईटलाई काउन्सिलले बन्द गर्‍यो

फोटो, न्युज स्रोत: न्यूजअभियान

माधव भुसाल / अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची जिल्लाको नाममा विदेशबाट संचालित अर्घाखाँची बुलेटिन डट्कम नामक वेबसाईटलाई प्रेस काउन्सिल नेपालले बन्द गराएको छ ।
अर्घाखाँची जिल्लाको नाममा इजरायलबाट संचालित अर्घाखाँची बुलेटिन डट्कम नामक वेबसाईटलाई अवैध भन्दै प्रेस काउन्सिल नेपालले बन्द गराएको हो ।
काउन्सिलले जारी गरेको सुचना र  न्यूजअभियान लगायत अन्य अन्लाईन मिडियाका अनुसार इजरायलबाट अवैध रुपमा संचालित नेपाली भाषाको अर्घाखाँची बुलेटिन डट्कमलाई नेपालमा नियमानुसार दर्ता एवं सूचीकरण समेत नभएको भन्दै नेपालमा प्रकाशन-प्रशारण हुन नसक्ने गरी उक्त वेबसाईटलाई बन्द गराएको छ । 
काउन्सिलले गैर पत्रकारले चलाएको उक्त अवैध वेबसाईट नेपालभर हेर्न, खोल्न नसक्ने गरी नेपाल दूरसञ्चार प्रधिकरणलाई सिफारिस गरेको बताएको छ । योसँगै उक्त वेबसाईट नेपालमा पूर्ण रुपमा बन्द भएको छ ।      
संचार मन्त्रालयको निर्देशन अनुसार बन्द गरिएको सुचना । अर्घाखाँचीको नाम प्रयोग गरी खोलिएको www. arghakhanchibulletin .com वेबसाईट नेपालमा पूर्ण रुपमा बन्द भएको छ । 
उता पछिल्लो समय अर्घाखाँचीको नाममा वेबसाईट बनाउने विक् ति बढेको देखिन्छ । यस्तै अर्घाखाँचीका नाममा सामाजिक संजालमा अकाउन्ट खोली जथाभावी समाचार, फोटो सामाग्रीहरु कपीपेष्ट गर्ने फेसबूके समुह सक्रिय रहेको छ । जिल्लाका सिनियर पत्रकारहरुले सामाजिक संजालमा  फेसबूके गैर पत्रकारले गर्दा आफ्नो रोजी रोटी खोसिएको गुनासो गरेका छन् । 
जिल्लाका सिनियर पत्रकारले सम्बन्धित न्युज मिडिया बाहेक सामाजिक संजालमा जथाभावी समाचार, फोटो कपीपेष्ट गर्नेलाई नियन्त्रण गर्नुपर्ने, कारबाही गर्न माग गरेका छन् । सामाजिक संजालमा गैर पत्रकारको बेतिथी रोक्न सबै पत्रकार एक भएर जानु पर्ने उनिहरुले बताएका छन् । 

अन्य समाचारहरु