अर्घाखाँचीका एक युवाको कोरियामा झुन्डिएको अवस्थामा मृत फेला

मृतक विक्रम पाण्डे
अर्घाखाँचीडट्कम संवाददाता 
कोरिया । अर्घाखाँचीका एक युवा कोरियामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । 
अर्घाखाँची संपर्क मन्च अध्यक्ष सुन्दर पन्थीले जानकारी दिनु भए अनुसार जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरका बुवा लीलामणी पाण्डे र आमा शुसिला पाण्डेका २३ वर्षिय छोरा विक्रम पाण्डेले कोरियाको फारान स्थित आनसानमा आफ्नै काम गर्ने कम्पनिको छतको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 
उनलाई आफ्नै काम गर्ने कम्पनिको छतको कोठामा झुडिएको अवस्थामा दिउसो १२ बजे मृत फेला परेका थियो । प्रहरीले मुचुल्का उठाई शबलाई स्थानिय अस्पतालमा पोस्टमार्टमलागी राखिएको छ । प्रहरीले आत्महत्या गरेको बताएको छ ।  पोस्टमार्टमको रिपोर्ट भोली आउने बताइएको छ ।
अविबाहित पाण्डे ३ वर्ष अगाडि कोरियामा आएका थिए । मृत्‍युको कारण खुल्न सकेको छैन् । 
आवश्यक प्रक्रिया पुराएर छिटो भन्दा छिटो शबलाई नेपाल पठाउन पहल गरिने अध्यक्ष सुन्दर पन्थीले डट्कमलाई बताउनु भयो ।   

अन्य समाचारहरु