अर्घाखाँचीमा आत्महत्या रोक्न बिशेष कार्यक्रम ल्याउनुपर्नेमा सांसदहरूको जोड

शोभाखर पन्थी
 
डिभर्ना, अर्घाखाँची असार २७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सांसदहरूले आत्महत्या रोक्नको निम्ति बिशेष कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका छन् । 
जिल्लाका निर्वाचित प्रदेशसभा सदस्य द्वय चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेले जिल्लामा आत्महत्याका घट्ना बढ्दै जानु निक्कै दु:खद कुरा भएको भन्दै त्यसको नियन्त्रणको लागि बिशेष कदम चाल्नुपर्ने बताउनुभयो । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाको छाप निवासी स्वर्गीय सरस्वता श्रेष्ठको नवौं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा  मन्तव्य राख्दै उहाँहरुले आत्महत्या नियन्त्रणक‍ो निम्ति स्थानीय निकाय र सम्बन्धित पक्ष बाट तत्कालै कदम नचालिए त्यसले बिकराल रुप लिन सक्ने भन्दै चिन्ता प्रकट गर्नुभयो । मानिसको जीवन निक्कै अमुल्य हुने भन्दै त्यसको रक्षा गर्नु सबै मानव जातिको कर्तव्य हुने उहाँहरुको भनाई छ । साथै उहाँ हरुले स्वर्गीय सरस्वता श्रेष्ठको निधनले आफुहरुलाई निक्कै दुखि एवं मर्माहत बनाएको बताउनुभयो । 
श्रेष्ठका ससुरा बुवा तथा  समाजसेवी गोपाल प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालीन डिभर्ना गा.बि.स. का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सल्लाहकार नारायण श्रेष्ठ ,नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कार्यालय सदस्य तथा सन्धिखर्क ईन्चार्ज राजेन्द्र भुसाल ,सन्धिखर्क नगरकमिटी सदस्य श्रीकृष्ण भुसाल ,प्रेस संगठनका केन्द्रीय सदस्य शोभाखर पन्थी ,नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्क १२ का ईन्चार्ज रामबहादुर बि.क.,सचिव बसन्त श्रेष्ठ ,स्थानीय युवानेता प्रकाश श्रेष्ठ लगायतका बक्ताहरुले समेत श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । 
३५ वर्षिय श्रेष्ठले यहि असार १९ गते आफु सुत्ने कोठामा झुन्डिएर आत्महत्या गर्नुभएको पारिवारिक स्रोतले जनाएको छ। उहाँका क्रमशः १० र १४ बर्षका दुई छोरा तथा श्रीमान हुनुहुन्छ ।

अन्य समाचारहरु