सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । खानेपानी तथा सरसफाइ डिभिजन साईट कार्यालय अर्घाखाँचीका प्रमुख रामभरोस यादबले गुणस्तरीयता कुनै पनि ठाउँमा कमि नआउने गरि कामहरु सम्पन्न गरिएको बताउनु भएको छ ।
अर्घाखाँची जिल्लाका बिभिन्न ठाउँहरुमा कामहरु भईरहेका र सम्पन्न भएका खानेपानी योजनाहरुको अनुगमन गर्दै साईट कार्यालय अर्घाखाँचीका ईन्चार्ज यादबले आफुहरु फिल्डमा नपुगे र अनुगमन नगरेसम्म कुनै उपभोक्ता समितिहरुलाई भुक्तानी नगरिएको बताउनु भयो ।
अर्घाखाँची जिल्लामा खानेपानीका धेरै योजनाहरु यस बर्ष सम्पन्न भएका छन्, सफा सब्छ्व खानेपानी खान पाउनु आम उपभोक्ताहरुको अधिकार भएको बताउदै उहाले उपभोक्ता समितिहरुले काम गर्ने र तिनै उपभोक्ता समितिहरुले खानेपानी प्रयोग गर्नु पर्ने भएको कारण पनि खानेपानीका आयोजनाहरु अति सम्बेदनसिल हुने हुँदा गुणस्तरीय तामा कुनै कमि हुन नदिने र गुणस्तरीय काम गर्न आफुले उपभोक्ताहरुलाई सचेत गराउने गरेको बताउनु भयो ।
अर्घाखाँची साईट कार्यालयमा दुई जना अधिकृत ईन्जिनियर र अन्य प्राबिधिकले दिनरात खटेर फिल्ड र कार्यालयको काम गरि रहेका छन् ।
साईट कार्यालय अर्घाखाँचीमा साईट ईन्चार्ज रामभरोस यादब र ईन्जिनियर बिदान अर्याल सहितका कर्मचारी दिनभर खटिरहेका छन् । अर्घाखाँची जिल्लामा कर्मचारीले निकै मिहिनेत गरेका कारण प्रदेश सरकारले थप बजेटसम्म उपलक्ष्य गराएको थियोे । सो बजेटको काम समेत तोकिएको समयमा सम्पन्न गरिएको छ ।
खानेपानी सरसफाइ डिभिजन कार्यालय पाल्पाको मातहतमा साईट कार्यालय अर्घाखाँचीमा छ । पाल्पामा डिभिजन प्रमुख सिबमान श्रेष्ठ छन् निकै स्वछ्व छबिका डिई शिवमान श्रेष्ठ अर्घाखाँचीमा डिभिजन छदापनि कार्यालय प्रमुख थिए । अहिले पनि साईटको काम निरिक्षण गर्न डिई शिवमान श्रेष्ठ हप्ताको १ पटक अर्घाखाँची आउने गर्छन अर्घाखाँची साईट कार्यालयबाट जतिबेला पनि सेवाग्राहीले मुस्कान सहितको सेवा लिने गरेका छन् । तोकिएको समयमा काम सम्पन्न गर्ने कर्मचारीहरुको गाउँका उपभोक्ताहरुले खुलेर प्रसम्सा गर्ने गरेका छन् ।
