अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र सम्बन्धि कार्यकाे आरम्भ (फोटो सहित)

गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा आजदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धि कार्य शुभारम्भ उढ्घाटन गरिएको छ । कार्यक्रम राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले रिवन काटी कार्यआरम्भ गर्नुभएकाे छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे आयाेजनामा सम्पन्न कार्यक्रममा बाेल्दै प्रमुख अतिथि खड्काले विभिन्न चरणमा भएका विकासकाे चर्चा गर्दै देश आधुनिककाे मध्यन्तार तिर प्रवेश गरेकाे बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य खड्काले नेपालीहरू ईमान्दारीतामा उच्च रहेकाे स्मरण गर्दै प्राप्त उपलव्धिहरूलाई समुचित प्रयाेग गर्न चुक्ने गरेकाे बताउनुभयो । काेभिड १९ ,बाढी पहिराे,सलह किराले नेपाली माथि चुनाैति थपेकाे भन्दै अहिले विवाद,बहशलाई सहायक बनाई एकताबद्ध भएर सकटमा विजय प्राप्त गर्नु पर्ने बताउनुभयाे । जिल्लामा भएकाे एकतालाई निरन्तरता दिदै ३ खाले चुनाैतिलाई सामाना गर्नुपर्ने धारण राख्नु भयाे । 
कार्यक्रम प्रदेश सभा सदस्य चेतनारायण आचार्यले राष्ट्रिय परिचयपत्र अभियानले जिल्लामा काेषेदुङगा सावित हुने बताउनुभयाे । हाल प्राप्त गर्ने परिचयपत्र अहिले सम्मकै उच्च प्रविधि  काे व्यत्तिगत परिचय रहेकाे उल्लेख गर्दै सबै जनतामा पुयाउनु पर्नेमा जाेड दिनुभयाे । 
प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलकाे अध्यक्षता,सहयाक प्रमुख जिल्ला अधिकारी विक्रम थापाकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय तहहरूकाे तर्फबाट छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ प्राेखरेल,राजनीतिक दलकाे तर्फबाट राजमाेका गाेविन्द विसि,सघसस्थाकाे तर्फबाट पत्रकार महासघका उपाध्यक्ष गणेश खनाल लगाएतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
 
कार्यक्रममा प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरे,निर्मला क्षेत्रि, भुमिकास्थान नगरपालिका प्रमुख रेसम थापा,सनपा उपप्रमुख ठाकुर कुमार विक, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ प्राेखरेल,मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, सुरक्षा निकायका प्रमुख, राजनिती दलका प्रतिनिधि,कार्यलय प्रमुख,सघसस्थाका प्रतिनिधि,सञ्चारकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

अन्य समाचारहरु