२०७७ आषाढ ३०, मंगलवारमा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको नेपाल विधुत प्राधिकरण अर्घाखाँची कार्यालयले पाँच दिनका लागि आय संकलन काउन्टर सेवा बन्द गर्ने भएको छ ।
सदरमुकाम सन्धिखर्कमा रहेको नेपाल विधुत प्राधिकरण अर्घाखाँची कार्यालयले असार ३१ गतेदेखि आगामी साउन ४ गतेसम्मका लागि आय संकलन काउन्टरको सेवा बन्द गर्ने भएको हो ।
प्राधिकरणले असार महिनाको खपत आर्थात साउन १ गतेदेखि नयाँ रिडिङमा लागु हुने नयाँ विधुत महसुल भएको र नयाँ महसुल दर एम पावर एकै साथ आवधिक गर्नुपर्ने भएको भन्दै आगामी साउन ४ गतेसम्मका लागि आय संकलन काउन्टरको सेवा बन्द गर्ने भएको छ ।