-हालिम खान
सन्धिखर्क, अर्घाखाँची । नेबि संघ प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(CTEVT) प्रदेश ५ को आयोजनामा अर्घाखाँची जिल्ला अस्पतालमा फलफुल बितरण गरेको छ । जसको कार्यक्रम प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका पार्टी सभापति बिस्णु प्रसाद खनालको उपस्थितीमा कार्यक्रम संचालन भएको थियो।
विशिस्ट अतिथिमा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल र अतिथीहरु पार्टी उपसभापति शान्ता भण्डारी , जिल्ला अस्पतालका कार्यलय प्रमुख डा. कपिल गौतम ,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सीता भुसाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का ,नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष भरतमणि भट्टराई ,छत्रदेब नेबि संघका सभापति सागर पौडेल, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता आकाश भुसाल , हलिम खान, राजेन्द्र रायमाझीको उपस्थितिमा रहेको थियो ।
कार्यक्रम संचालक अनिशा शाही ठकुरीले कार्यक्रम संचालन गर्नु भएको, सो कार्यक्रमको सभापति नेपाल विद्यार्थी संघ CTEVT का प्रदेश अध्यक्ष विशाल आचार्यको उपस्थितीमा कार्यक्रम सप्पन्न भएको थियो ।
नेपाल विद्यार्थी संघ CTEVT प्रदेश नम्बर ५ ले सन्धिखर्क जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेको थियो र जिल्ला ट्राफिक प्रहरी कार्यलयमा रहेका ट्राफिक प्रहरीलाई KN-95 माक्स बितरण गरिएको थियो।