अर्घाखाँचीको साहित्य र पर्यटन क्षेत्रमा ठूलो धक्का

जनक के.सी 
सितापुर, अर्घाखाँची ३  साउन । अर्घाखाँचीको साहित्य र पर्यटन क्षेत्रले ठूलो धक्का महशुस गरेको छ । 
लामो समयदेखि राजधानीमा रहेर प्राध्यापन एवम अनुसन्धानमा संलग्न रहदै  प्रज्ञाप्रतिष्ठान लगायतका विभिन्न संरचनावाट अर्घाखाँचीको साहित्य र पर्यटनमा ठूलो हलचल ल्याउन सफल ब्यक्तित्व बिष्णुराज आत्रेय अर्थात लाटो साथीको निधनले यस्तो क्षेती भएको हो ।उहाको गएराती निधन भएको हो ।  वरिष्ठ साहित्यकार तथा प्राध्यापक डाक्टर विष्णुराज आत्रेय लाटो साथीको  निधन भएको खवरले सिंगो देशका साहित्य प्रेमी भावविह्वल भएका छन् भने अर्घाखाँची वासीले ठूलो पीडा महशुस गरेको अर्घाखाँची सितगङ्गा नगरपालिका २ सितापुर मावली गाउका समाजेसेबी व्यक्तित्व केशब घिमिरेले वताउनु भयो । 
कपिलवस्तुको तौलिहवा निवासी  साहित्यकार, संस्कृतविद तथा अनुसन्धानदाता आत्रेयको काठमाण्डौमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै सुपादेउराली समितिका सचिब यादब राज घिमिरेले जानकारी दिनु भयो । स्वर्गीय अत्रेय अर्थात लाटो साथी केहि समय देखि विरामी भई उपचाररत रहनु भएको थियो । उहाँ विभिन्न साहित्य, कला तथा संस्कृतीको क्षेत्रमा आवद्ध रहनु भएको थियो । 
 उहाँले अर्घाखाँची एतिहाँसिक, पौराणीक, धार्मिक स्तलको अध्ययन संगै अनुसन्धान गर्दै आउनु भएको थियो । विशेषगरि उहाँले पतन्जलीको जन्म नेपालको शितगङ्गा नगरपालिका ऐरावती भएको हो यो विषयमा खोज गर्नु भएको थियो । कपिलधाम  क्षेत्रमा देशका ख्याती प्राप्त श्रष्ठाहरुको शालिक स्थापना गर्ने अभियानमा सारथी हुनुहुन्थ्यो । पश्चिम नेपालको ५ न.प्रदेश अन्तर्गत अर्घाखाँची जिल्ला पर्दछ त्यहाँबाट करिव ३५ किलोमिटर् बाणगङ्गा, सोमतिर्थ अन्तरगत योगिनिकोट, डमरुदह, सोमेस्वर, रावणशंख, कास्यपगुफा, सोम टासेको ठाउँ त्यसको नजिक शुर्पहस्ता भगवती सुपा देउरालि हुँदै नर्तनाचल पर्बत, पाणिनि तपोभुमी, दुर्गेस्वर गुफा पाणिनीको बिकाश र इतिहासमा छ ,कपिलधाम लक्ष्मणघाट धाम र श्रृङिगी ऋषिको धाम लगायतका धामलाई  जोडेर चारधाम घोषणा गराउन सरकार संग उच्चस्तरीय  लविङ गरि रहनु भएका आत्रेयको त्यो सपना भने अधुरै रहेको छ ।
उहाको जन्म १९९९/१२/८ गते गुल्मिमा भएको थियो बसाईसरि कपिलबस्तु नगरपालिका तौलिहवामा आउनुभएको थियो उहाको मावलीगाउँ सितगङ्गा नगरपालिका २ सितापुर सोमतिर्थ ढिकुरे घिमिरेहरु श्री जयकृष्ण घिमिरे बन्दुहरु धेरै नजिकोको सम्बन्ध थियो। ससुरालपनि अर्घाखाचि नुवाकोट हो।
आजै उहाको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।उहाँको निधन प्रति जिल्लाका साहित्यीक क्षेत्रका स्रष्टा तथा विभिन्न सामाजिक संघ संस्थाले दुख व्यक्त गरेका छन् ।

अन्य समाचारहरु