एतिहासिक पाणिनी तपोभुमिको प्रमुख सेनानी थापाद्वारा भ्रमण तथा अवलोकन

पाणिनी राम वाण गुल्मअर्घाखाँचीका प्रमुख सेनानी सुमन थापाले आज पाणिनी गाउँपालिका स्थित धार्मिक एवं पर्यटकीय स्थल ऐतिहासिक पाणिनी तपोभुमिको स्थलगत अवलोकन भ्रमण गर्नु भएको छ।
भ्रमण तथा अवलोकनका क्रममा उहांले यस्ता ऐतिहासिक महत्व बोकेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको संरक्षण,सम्वर्धन र प्रवर्धन गरि पाणिनि तपोभुमि र यस्तै धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको महिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न सकेको खण्डमा नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टेवा पुग्ने र जसका लागी स्थानीयस्तर बाट सामाजिक परिचालन को माध्यम वाट युवालाई धार्मिक तथा पर्यटकीय गन्तव्य को विकास लागि आकर्षित गराउने कुरा जोड दिनुपर्ने कुरा बताउनुभयो।

पाणिनी गाउँपालिका वार्ड न.१ र २ मा अवस्थित पाणिनी तपोभुमि धार्मिक तिर्थस्थलको रुपमा चिनिन्छ।संस्कृत व्याकरणका रचयिता पाणिनीले भगवान शिवको तपस्या गरि ज्ञान आर्जन गरेको र सोही तपस्वी ऋषि पाणिनीको नाममा सो स्थानको ठाउँ पाणिनी तपोभुमि रहन गएको मान्यता रहेको पाईन्छ।साउन महिनामा विशेष महत्त्वका साथ हेरिने यस तिर्थस्थलमा अर्घाखाँची लगायत छिमेकी जिल्लावाट पनि हजारौंको सङ्ख्यामा तिर्थालु आउने गरेका स्थानीयले बताए।

पाणीनि तपोभुमि धार्मिक धरोहरको रुपमा मात्र नभई पर्यटकीय गन्तव्यस्थलको रुपमा पनि महत्त्वपूर्ण मानिन्छ।

अन्य समाचारहरु