खाँचीकोट, ढिकुरा, धनचौरमा सडक स्तरोन्नतिका नाममा जताततै डोजर लगाउदा ठुलो विनास

अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दिनहुँजसो परिरहेको बर्षाद सँगै पाखोबाट पहिरो खस्न थालेपछि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा, धनचौरका कयौ बस्ती खतरामा परेको छ । 
गच्छे भालुबाङ्ग सडक खण्ड अन्तर्गत सन्धिखर्क – ढिकुरा – धनचौर जाने सडक जथाभावी रुपमा खनिएका कारण खाँचीकोटको प्रगतिनगर- भालुखोला – थापाटोला तल पट्टिको  पाखोबाट पहिरो खस्न थालेपछि जोखिम बढेको हो ।  
सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा पक्की पर्खाल नलगाएका कारण पाखो खसेर कयौ ठाउँमा पहिरो गएको र ठाउँ – ठाउँमा पहिरो जान लागेको भन्दै स्थानियबासी त्रासमा छन् । 
कमजोर भू–धरातल भएको पाखोमा डोजर चालकले आफ्नै ढङ्गले खनेको सडक भूगोल नबुझिकन अहिले विस्तार गर्दा पहिरोको जोखिम बढेको स्थानियबासीले बताए । सन्धिखर्क – ढिकुरा – धनचौर जोड्ने सडक स्तरोन्नतिका नाममा जताततै डोजर लगाएको देखिन्छ । 
माथी कम्जोर भू–भाग तलबाट कटान गर्दा खाँचीकोट, ढिकुरा, धनचौरका अधिकांश बस्तीहरु जोखिममा परेका छन् । विकास निर्माणका नाममा जथाभावी माटो कटान गर्दा यहाँका दर्जनौ बस्ती जोखिममा परेका हुन् ।
यहाँ सन्धिखर्क – ढिकुरा – धनचौर जोड्ने सडक स्तरोन्नतिका नाममा ठेक्दार, जनप्रतिनिधी, राजनितिक दलको मिलेमतोमा कच्ची पर्खाल लगाउने,  मिलाएर कटान नगर्ने जस्ता काम हुँदै आएका छन् । 

अन्य समाचारहरु