सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा हालसम्म स्थानीय तह तथा अन्य निकायले कोरोना भाईरस ( काेभिट १९) रोकथाम को बारेमा भए गरेका कार्य बारे समिक्षा तथा आगामी रणनिती बिषयकाे बैठक तथा छलफल कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीकाे आयाेजनामा सम्पन्न बैठकमा मन्तब्य राख्दै राष्ट्रिय सभासदस्य चन्द्र बहादुर खड्काले कोरोना भाइरस अझैपुर्णरुपमा नियन्त्रणमा नआएकाले आमनागरिक सचेत बन्न आग्रह गर्नु भयो । उहाँले कोरोना भाइरस नियन्त्रणका लागि भएको खर्च सबै स्थानीय तहले अनिबार्य तिर्न आग्रह गर्नु भयो ।
क्वारेन्टाइन, आइसोलेसन तथा समग्र कोरोनाको अबस्थाको बारेमा अर्घाखाँचीका स्थानीयतह ,राजनितिकदल ,समाजसेबी ,नागरिक समाज लगायतले आफ्नो धारणा राखेका थिए ।
जिल्ला समन्वय समिति पिताम्वर शर्मा काे अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा प्रदेश सांसद रामजी प्रसाद घिमिरले उत्पादन बिना आर्थिक समृद्धि सम्भव नभएकोले कोरोनाबाट सचेतना हुँदै कृषि र पशुपालनमा लाग्न आग्रह गर्नु भयो । उहाँले साेच बिचार बिना हतारियर शिक्षण संस्था खाेल्न नहुने बताउनु भयाे ।
प्रदेश सांसद निर्मला क्षेत्रीले कोरोनाका कारण डराएर हैन साबधानी अपानाएर जित्न सकिने भनाई राख्नु भयाे । उहाँले महिला मैत्री क्वारेन्टाइन नभएकाे बताउँदै महिला समस्या लाई गम्भीर रूपमा लिन आग्रह गर्नु भयाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, सितगंगा नगरपालिका प्रमुख सुर्य अधिकारी , भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा , छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल , मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य , पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम , प्रमुख जिल्ला अधिकारी बिजयराज पोडेल , प्रहरी प्रमुख माधब बुढाथोकी , नेकपाका नेता राजेन्द्र भुसाल , नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कान , राजमोका शेर बहादुर बि .सी , राष्ट्रिय प्रजातन्त्र पार्टिका देबि बहादुर खड्का , सझापार्टिका हरि भुसाल , समाजबादी पार्टिका जेबी दर्लामी,मालारानी उपाध्यक्ष प्रमिला क्षेत्री , डा. कोपिल गौतम , जनस्वास्थ्य निरिक्षक गणेश पौडेल ,रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसाल , पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले मन्तब्य राख्नु भएको थियो ।
बैठकले शिक्षण संस्था सन्चालन गर्ने बारे केन्द्रीय शिक्षा नीति अनुसार गर्ने र दशै तिहार जस्तो महत्त्वपूर्ण चाडमा घर आउनेहरू लाई पूर्ववत हिसाबले ब्यबस्थापनमा लाग्ने निर्णय गरेकाे छ ।
बैठककाे सन्चालन जिल्ला समन्वय अधिकारी शंकर भुसालले गर्नु भएको थियाे ।