ठाडा स्कार्पियो दुर्घट्नाका चालक भन्छन् स्ट्रेरिङ्ग फेल भयो

जनक के.सी
ठाडा , अर्घाखाँची । गोरूसिङगे-सन्धिखर्क सडकखण्ड शितगङ्गा नगरपालिका ३ ठाडा नजिकै रिपाहामा शनिबार साँझ स्कार्पियो जीप दुर्घटना ओरालो लाग्ने बित्तिकै स्ट्रेरिङ् फेल भएको ड्राइभर लिला तामाङले बताएका छन।
गाडी बचाउन निकै प्रयास गरेको तल पुगेर एक्कासी ठूलो आवाज आएको तामाङले थपे मलाई कस्ले ल्यायो कहाँ थिए केही थाहा पाइन। हामी गाडिमा २ जना मात्र सवार थियौ प्यासेन्जर मेरो ठिक पछाडी हुनु हुन्थ्यो उहाँ अगाडि बस्न मान्नु भएको थिएन पछाडी हावा खादै वस्छु भन्नू भयो.
लकडाउनमा पास बनाएर म धेरै पटक अर्घाखाची आउने जाने गरेको लिलाले बताए। गाडी अर्घाखाँचीकै रहेको हाल काठामाण्डौको गौसालामा होटल् गर्दै आउनु भएको दिना नाथ घिमिरेको रहेको र भाइ खेम घिमिरेले बताए तेस्तै सगरमाथा इन्स्योरेन्सका राजन शर्मा सहितको टोलिले गाडिमै पुगेर चेग जाँच गरेको गाडी पुर्णक्षेती भएको छ। गाडिको कागजपत्र सबै ठिक रहेको निकाल्न समस्या छ हेरौ निकालेर कासै पर्तापनि आउदैन शर्माले बताए । तेस्तै देउराली यातायातका सदस्य युवा व्यावसायिक बलराम भुषालले पनि निकाल्न सम्भब नै छैन हेरौ बर्खा सकिएपछि कोसिस रहने छ भन्दै उकालो निस्किए।
गाडी दुर्घटनामा परि पाल्पा रैनादेवी गाउँपालिका-८ का ३८ वर्षीय पाण्डव ठाहारीको दुर्घटनामा मृत्यु भएको थियो। उहाँ उपचारको क्रममा स्वास्थ चौकी ठाडामा ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ। ठाहारी परिवारका एक्ला छोरा मात्र रहेको बुवा आमा नभएको श्रीमति २ छोरा सहित काठमाण्डौमा सेक्युरिटी जागिर गर्दै आएको जेठो छोरो ११ बर्ष र कान्छो छोरो ५ बर्षका रहेको ससुरालीका नुमबहादुर घर्ती मगरले बताउनु भयो । अर्घाखाँची आउनुको कारण ससुरालिमा केही दिन पहिला घटना भएको ९ दिनमा घोत लिएर आएको घर्तिले बताए। शव साउन ५ गते पोस्ट्माटमको लागि सन्धिखर्क लैजाने दाह सस्कारपनि अर्घाखाँचीनै गर्ने घर्तिले बताए।
 

अन्य समाचारहरु