अर्घाखाँचीमा सबैभन्दा बढी कोरोना संक्रमित भूमिकास्थान नगरपालिकामा, कम पाणिनी गाउँपालिकामा (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या भूमिकास्थान नगरपालिकामा रहेको छ । 
भूमिकास्थान नगरपालिकामा १०७ जना संक्रमित रहेका छन् । जसमा ९७ जनाले कोरोना जितेर घर फर्केका छन् ।    
यस्तै  सबैभन्दा  कम कोरोना संक्रमितको संख्या पाणिनी गाउँपालिकामा  रहेको छ ।  पाणिनी गाउँपालिकामा १४ जना संक्रमित रहेका छन् । जसमा १४ जनाले कोरोना जितेर घर फर्केका छन् ।    
साथै अर्घाखाँचीमा सोमबारसम्म ३१२   जनाले कोरोना जितेर घर फर्केका छन् ।
 जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६४,  भूमिकास्थान नगरपालिकामा ९७,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २७ जना गरि अर्घाखाँचीमा हाल सम्म ३११ जनाले कोरोनालाई जितेका छन् ।
अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २५ पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६३, भूमिकास्थान नगरपालिकामा १०७,  मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २७ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२५ जना संक्रमित रहेका छन् ।
 
यसैविच अर्घाखाँचीमा सोमबारसम्म ३ सय १९  जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ३ सय १९ मा झरेको हो । 
 यस्तै सोमबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा २८ जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । यस्तै २४  घण्टामा जिल्लाभरबाट ११ जना डिस्चार्ज भएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १० जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु