अर्घाखाँचीमा ३८ औं बिपि स्मृति दिवसको अवसर सरसफाई कार्यक्रम तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । प्राविधिक शिक्षा व्यवसायीक तालिम परिषद(सिटिईभिटि) प्रदेश नम्बर ५ को आयोजनामा ३८ औं बि.पि स्मृति दिवसको अवसर पारी अर्घाखाँची नेपाली कांग्रेसको पार्टी कार्यालयमा सरसफाइ कार्यक्रम तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 
३८ औं बि.पि स्मृति दिवसको अवसर पारी अर्घाखाँची नेपाली कांग्रेसको पार्टी कार्यालयमा सरसफाई कार्यक्रम तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसकी जिल्ला उपसभापति शान्ता भन्डारी र विशेष अतिथि नेपाली काङ्ग्रेसका महासमितिका प्रतिनिधि केशब श्रेष्ठ बिशेष अतिथी महिला संघ कि जिल्ला सचिब छमा कार्की, बिशेष अतिथि नेपाल विद्यार्थी संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष भरत मणि भट्टराई अतिथिमा नेपाल विद्यार्थीसंघका जिल्ला उपाध्यक्ष घनश्याम पौडेल, नेपाल विद्यार्थी संघ छत्रदेव गाउँपालिकाका सभापति सागर पौडेल नेपाल विद्यार्थी संघ सन्धिखर्क नगरपालिकाका सचीब रिता भुसाल र हलिम खानको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।   
कार्यक्रम संचालक नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितीका सदस्य अनिशा साही ठकुरीले कार्यक्रम संचालन गर्नु भएको थियोे । जसको कार्यक्रमको सभापति नेपाल विद्यार्थी संघ सिटिईभिटि प्रदेश नम्बर ५ का संयोजक बिशाल आचार्यको सभापतिमा कार्यक्रम सम्पन्न भएको थियो । 

अन्य समाचारहरु