अर्घाखाँचीभरका क्वारेन्टाईन ४१ जनाको पिसिआर नेगेटिभ आएपछि डिस्चार्ज, २८२ जना बाँकी (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा मंगलवारसम्म ३१२ जनाले कोरोना जितेर घर फर्केका छन् ।
 जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६४,  भूमिकास्थान नगरपालिकामा ९७,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २७ जना छन् । 
यस्तै अर्घाखाँचीमा हालसम्म ३१२ जनाले कोरोनालाई जितेका छन् ।
अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २५ पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६३, भूमिकास्थान नगरपालिकामा १०७,  मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २७ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२५ जना संक्रमित रहेका छन् ।
 
यसैविच अर्घाखाँचीमा मंगलवारसम्म २ सय ८२  जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २ सय २८ मा झरेको हो । 
 यस्तै मंगलवार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ४ जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । यस्तै २४  घण्टामा जिल्लाभरबाट ४१ जना डिस्चार्ज भएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
मंगलवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १० जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु