सुपादेउराली मन्दिरको वेबसाइट ह्याक, लामो समयदेखि ह्याकरको नियन्त्रणमा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सुपादेउराली मन्दिरको आधिकारिक वेबसाइट सुपादेउरली डट ओआरजी डट एनपी लामो समयदेखि ह्याक भएको छ ।
सुपादेउराली मन्दिरको वेबसाइट (www.supadeurali.org.np) खोल्दा डार्क साईबर नामबाट ह्याक भएको उल्लेख छ ।
सुपादेउराली मन्दिरको वेबसाइटमा अङ्रेजी अक्षर लेखिएको छ ।  अमेरिकाबाट ह्याकरले वेबसाइट ह्याक गरेको अनुमान गरिएको छ ।  
तर यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । अर्घाखाँची जिल्लाका सरकारी आधिकारिक वेबसाइटहरु समय – समयमा ह्याक हुँदै आएका छन् । 

अन्य समाचारहरु