अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेकपा मसाल निकट राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले निष्काशन २ जनालाई साधारण सदस्य समेत नरहेने गरी निस्काशन गरेको छ ।
जनमोर्चाको हित विपरित कार्य गरेको भन्दै राम बसु र बुद्दी गैरेलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सीले बुधवार एक विज्ञप्ती जारी गरी राम बसु र बुद्दी गैरेलाई निस्कासन गरिएको उल्लेख गरिएको छ । साथै विज्ञप्तीमा विगतमा राष्ट्रिय जनमोर्चा र जनवर्गिय संगठनमा आवद्ध केहि व्यक्तिले राष्ट्रिय जनमोर्चाको नाममा राष्ट्रिय जागरण अभियान चलाएको हुँदा भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई अनुरोध गरिएको छ ।