अर्घाखाँचीभरका क्वारेन्टाईनमा २८१ जना, २४ घण्टामा ३० जना डिस्चार्ज भए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँचीमा बिहीवारसम्म २ सय ८१  जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २ सय ८१ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट ३० जना डिस्चार्ज भएका छन् ।   
यसैविच  अर्घाखाँचीमा बिहीवारसम्म ३२०  जनाले कोरोना जितेर घर फर्केका छन् । भने २ जना उपचाररत छन् । 
 जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६४,  भूमिकास्थान नगरपालिकामा १०५,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २७ जना गरि  हाल सम्म ३२० जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २५ पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६३, भूमिकास्थान नगरपालिकामा १०७,  मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २७ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२५ जना संक्रमित रहेका छन् ।
 यस्तै बिहीवार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा १ जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

अन्य समाचारहरु