गोरुसिङ्गे- सन्धिखर्क सडक खण्डको ठाडा क्षेत्रमा होडिङ्ग बोड जडान

जनक के.सी 
ठाडा, अर्घाखाँची । गोरुसिङ्गे- सन्धिखर्क सडक खण्डमा प्रहरीले होडिङ्ग बोड जडान गरेको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालक तथा यात्रुहरुमा सचेतना जगाउने उदेश्यले इप्रका ठाडा र अस्थायी ट्राफिक प्रहरी पोस्ट ठाडाले सडकको भौगोलिक अवस्था र संभावित दुर्घटना स्थल पैरो जोखिम क्षेत्र राजुबास रिभरसाइड कटेज नजिकै मोडमा होडिङ्ग बोड जडान गरेको हो।
ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी निरीक्षक बाबुराम बस्नेत,ट्राफिक प्रहरी झक बहादुर ज्ञवालि लगाएको टिम सहित स्थानिय बासिहरुको समेत उपस्थितिमा उक्त होर्डिङ बोर्ड गोरुसिंङगे- सन्धिखर्क सडक खण्डका शितगङ्गा नगरपालिका वार्ड नं.२ लाहापे खोला राजुबासमा थान १, जडान गरीएको छ।

अन्य समाचारहरु