अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाभर प्रत्येक वर्ष निकाल्दै आएको सामूहिक गाईजात्रा, लाखे नाँच तथा अन्य विभिन्न सांस्कृतिक कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट बच्न यस वर्षको सामूहिक गाईजात्रा, लाखे नाँच र अन्य कार्यक्रम पनि नगर्ने निर्णाय गर्ने तयारी गरेको जिल्लाका ६ वटा पालिकाले बताएका छन् ।
अर्घाखाँचीमा हरेक साल भदौ कृष्ण प्रतिपदाका दिन असामयिक निधन भएको परिवारजनहरूको घरबाट झाँकीसहितको बृहत् गाईजात्रा निकाल्ने गरिन्थ्यो ।
कोरोनाको कारण यस वर्ष टोल–टोलमा पुगेर प्रदर्शन गरिने लाखे नाँच पनि यस वर्ष नगर्ने निर्णय गरेको छ ।