अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रशासन कार्यालय नेपाल सरकार गृह मन्त्रालय सह-सचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको कार्यसम्पादन सम्झौताको कार्यप्रगति आ.ब.२०७६/०७७ को मुल्यांकनमा अति उत्कृष्टको सुचीमा परेको छ ।
जिल्लाको शान्ति सुरक्षा, कोभिड–१९ कोरोना संक्रमणमा खेलेको भूमिकाको मुल्यांकनको आधारमा अर्घाखाँची प्रशासनको कार्यप्रगति (A-प्लस) ग्रेड प्राप्त गर्न सफल भएको हो । यस अघि पनि अर्घाखाँची प्रशासनले कार्यसम्पादनमा उत्कृष्ट भएको थियो ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले कोरोना संक्रमणमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रशासनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा र विनोद खनाल लगायतको कर्मचारीको टीमले जनताको सेवा प्रवाहमा प्रशासनले गर्ने काममा खटेर काम गर्दै आएको छ ।
तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले कार्यसम्पादनको काममा धेरै मेहनत गरेका थिए । बेल्वासे हाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको जिम्मेवारीमा कार्यरत छन् ।