अर्घाखाँची प्रशासन कार्यालयले ए -प्लस ग्रेड प्राप्त गरेको भन्दै तत्कालिन सहायक प्रजिअ बेल्बासे सम्मानित

सागर बेल्बासे 
अर्घाखाँची  । देशभरका ७७ जिल्ला प्रशासन कार्यालय मध्ये जिल्ला प्रशासन कार्यालय अर्घाखाँची आर्थिक बर्स २०७६/७७ को कार्यसम्पादनमा उत्कृष्ट ३ जिल्ला प्रशासन कार्यलय भित्र पर्न सफल भयकोमा अर्घाखाँचीमा सहायक प्रमुख जिल्ला अधिकारिको रुपमा गत आर्थिक बर्सको लगभग ११ महिना अबधी सेवामा रहनु भएका सप्रजिअ बिश्नुराज बेल्बासेज्युलाइ आज जिल्ला प्रशासन कार्यालय काठमाडौ स्थित उहाकै कार्यकक्षमा पुगेर जोजी टिम द्वारा धन्यवाद प्रकट सहित सम्मान गरेको छ।
देशभरमा जम्मा३ जिल्ला( अर्घाखाँची ,दाङ्ग,चितवन )ले मात्र A+ अंक प्राप्त गरेका छन । यसरी अति उत्कृष्ट बन्न कर्मचारीहरुको लगनशीलता र अथक मेहनत आबस्यक पर्दछ । 
अन्य कर्मचारी सङ्गै तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारि बिश्नुराज बेल्बासेज्युले जिल्लामा दर्जन बढी नया जनमुखी कार्यको प्रारम्भ गर्न योगदान पुर्याउनु भयको थियो । 
त्यसै गरि उहाले आफुलाइ प्राप्त जिम्मेवारी भयका शान्ती सुरक्षा,बिपद ब्यबस्थापन ,जनचेतनामूलक गतिबिधिहरु,ग्रामीण क्षेत्रमा नागरिकता बितरण,कोभिड १९ मा क्यारेन्टाइन ब्यबस्थापन ,सवारी साधन ब्यबस्थापन,सुचना,सन्चारको सहज आदानप्रदान लगायतका क्षेत्रका कामहरु अति प्रभावकारी तबरले सप्पन्न गर्नुभयको थियो । 
हाल जिल्ला प्रशासन कार्यालय काठमाडौमा प्रशासकिय अधिकृतको रुपमा सेवारत बेल्बासे सरलाई अर्घाखाँचीमा पुर्यायको योगदानका निम्ति उच्च सम्मान सहित आगामी समयमा ब्यक्तिगत र सार्वजनिक जिवनको सफलताका निम्ति पनि शुभकामना व्यक्त गरेकाे छ।
सम्मान कार्यक्रम अधिबक्ता राजकुमार उप्रेती जोजि अभियान्ता ,सेयर ब्यबसायी राजन भुसाल र तेजेन्द्रसमशेर पाण्डेकाे उपस्थित रहेको थियाे।

अन्य समाचारहरु