डट्कमको सशुल्क सब्सक्राइब वितरण कार्यक्रम अन्तरगत सम्पादक केसीद्वारा प्रजिअ पौडेलसँग भेटवार्ता (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची मिडिया हाउस प्रालीको  अनलाइन संस्करणले अर्घाखाँची  डट्कमको सशुल्क (पेड) सब्सक्राइब वितरण कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलसँग भेटवार्ता कार्यक्रम सम्पन्न गरेको छ ।
डट्कमका नयाँ सम्पादक सन्तोष के.सी संंगको परिचयात्मक  र सशुल्क सब्सक्राइब वितरण कार्यक्रमको जिल्ला दौडहाका क्रममा मंगलवार प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलसँग भेटवार्ता कार्यक्रम सम्पन्न भएको हो ।   
डट्कमका सम्पादक सन्तोष के.सी, बजार ब्यबस्थापक बसन्त खड्का, प्रतिनिधि सदस्यहरु सारदा नेपाली, पुष्पा पन्थी सहितको टोलीले मंगलवार जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलसँग भेटवार्ता गरेको थियो । सो अवसरमा डट्कमका नयाँ सम्पादक के.सी ले सशुल्क सवस्क्राइव कोो बारेमा जानकारी गराउनु भएको थियो।
यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले डट्कमले गरेको सशुल्क सब्सक्राइब प्रणाली सरहनीय भएको भन्दै बधाई दिनुभएको थियो । उहाले करिव २ दशकदेखि निरन्तरता दिदै आएको डट्कमले भविष्यमा स्वतन्त्र, खोजमुलक पत्रकारिता निरन्तरता दिनेमा आशा व्यक्त गर्नुभएको थियो ।
साथै कार्यक्रममा सम्पादक सन्तोष के.सीले डट्कमले जिल्लामा स्वतन्त्र पुर्वक, खोजमुलक समाचारलाई जोड दिदै आएको, नेपालमा पहिलो पटक सशुल्क सब्सक्राइब गर्नुका कारण, पत्रकारले भोग्दै आएको समस्या लगायतका बारेमा छलफल गर्नु भएको थियो ।          
सशुल्क सब्सक्राइब प्रणाली
प्रालिले आफ्नो नेपाली अनलाइन संस्करण अर्घाखाँची डट्कमलाई गत श्रावण १ गते विहीवारदेखि सशुल्क (पेड) सब्सक्राइब शुरुवात गरेको थियो । 
१ लाख बढी नियमित पाठक भएको अर्घाखाँचीडट्कमले सशुल्क सब्सक्राइब प्रणालीको शुरुवात गरेपछि अलमलमा परेका देश विदेशका पाठकहरु खुशी साथ पैसा तिर्दै सब्सक्राइब गरिरहेका छन्।  
यो सँगै सशुल्क सब्सक्राइब शुरुवात गरेपछि डट्कमलाई जिल्लाका, प्रदेश, राष्ट्रिय, प्रतिनिधि सभा सद्स्यहरुले प्रशंसा गर्नुका साथै शुभकामना दिएका छन् । यस्तै जिल्लाका बिभिन्न राजनीतिक दल, संघ संस्था, जिल्ला प्रशासन कार्यालय लगायत सरकारी कार्यालय प्रमुखहरुले नेपालमा गरेको पहिलो प्रयास भन्दै प्रशंसा गर्नुका साथै शुभकामना दिएका छन् । उनिहरुले डट्कमलाई सम्पूर्ण देश- विदेश भएका नेपालीले ग्राहक भएर सहयोग गर्न अनुरोध गरेका छन् । 
नयाँ सशुल्क (पेड) सब्सक्राइब प्रणाली  अन्तरगत नेपालका ग्राहकले मार्सिक २ सय रुपैया र नेपाल बाहिरका ग्राहकहरुलाई मार्सिक ३ अमेरिकन डलर तिर्नुपर्ने हुन्छ । 
ग्राहक बन्नलाई शुरुमा You must login to access this article. Login or Subscribe form here मा गई Subscribe मा क्लिक गरी Member Signup फारम भर्नुपर्ने हुन्छ । फारम आफ्नो सम्पूर्ण विवरणमा भर्नु पर्नेहुन्छ । जसमा गाहकहरुले आफ्नो Username: र Password: सम्झनुपर्ने हुन्छ । अनी Plans माथिको अनुसार रकम अवधी छनौट गरी ग्राहक भन्न् सकिने छ । नेपालमा डट्कमको ग्लोबल आईएमई बैंक लिमिटेडको Bank Name.: Global IME Bank Branch: Arghakhanchi Branch Account No.: 4901010000080 मा पैसा जम्मा गरेपछि उक्त भौचर उप्लोड गरी पठाउनु पर्ने छ । यस्तै नेपाल बाहिरका ग्राह्कले भिसा कार्डबाट पैसा तिरेपछि केही समयमा डट्कमले ग्राहक अवधी स्वीकृत गर्ने छ । 
साथै ग्राहक बनेकाले Member Login अनुसार आफ्नो Your Email: र Password: लगिन गरी नियमित ग्राहक अवधिसम्म नियमित समाचार सामाग्री हेर्न पढ्न पाउने छन् । 
यस्तै डट्कमले प्राविधिक कमि कमजोरीलाई आगामी दिनमा सुधार गर्दै जाने छ बताएको छ । डट्कमले सब्सक्राइब प्रणाली अन्तरगत ग्राहकलाई अनेकौ सुविधा थप गर्दै लैजाने छ । जसमा निशुल्क ईमेल सेवा, २४ सै घण्टा व्हाट्सएप्प, भाईभर, ईमो, फेसबूक, ट्विटर, इंस्टाग्राम लगायतका सामाजिक संजाल मार्फत ताजा उप्डेट गराउदै जानेछ । साथै मासिक ग्राहक लक्की उपहार योजना समावेश गरिदै जानेछ ।     
डट्कमले भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिता निरन्तरता दिनका लागि तथा विज्ञापन राजस्व गिरावट – संकट परेको, गुणस्तरीय पत्रकारिताको संरक्षण गर्नका लागि सशुल्क (पेड) सब्सक्राइब प्रणाली  शुरुवात गरेको हो । साथै नेपालको इतिहासमा अर्घाखाँचीडट्कमले पहिलो पटक सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गरेको छ ।
भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिताको स्थिरता सुनिश्चित गर्न  सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गर्ने योजना बनाएको हो।
सन् १९९९ सालदेखि ब्लग र सन् २००६ साल देखिको www.arghakhanchi.com मार्फत अनलाइन संस्करणलाई निरन्तरता दिदै आएको डट्कम नेपालको पहिलो नेपाली अनलाइन सञ्चार माध्यम हो । डट्कमका दैनिक ६० देखि ८० हजार बढी नियमित पाठक छन् । 

अन्य समाचारहरु