पहिरोले अवरुद्ध भएको सन्धिखर्क-गोरुसिंगे सडक सूचारु

प्रेमनारायण आचार्य
 
फुदवाङ, अर्घाखाँची।  अविरल वर्षापछि आएको पहिरोले मंगलबार रातीदेखि अवरुद्ध भएको गोरुसिंगे सन्धिखर्क सडक सूचारु भएको छ । सन्धिखर्कको (फुदवाङ) फुद्वांगमा खसेको पहिरोले बाटो अवरुद्ध भएको थियो । 
पहिरो पन्छाउने काम भएपछि सडक केहीबेर अघिबाट सूचारु भएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब रेग्मीले बताए । 
सडक सूचारु भएपछि गाडीहरु आवतजावत गर्न सुरु भएका छन् । 

अन्य समाचारहरु